तातो हावा सम्बन्धी कृत्रिम घटना अभ्यास

नेपालगंज ३१ बैशाख, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा लु को कृत्रिम घटना अभ्यास नेपालगंज उपमहानगरपालिका १३ उदयपुरमा बिहीबार सम्पन्न भएको छ ।

तातो हावाको जोखिमबाट बच्न समुदायलाई सचेत गराउने र गर्मीबाट हुनसक्ने सभावित घटनाबाट प्रभावित व्यक्तिलाई उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्य रहेको छ ।

उक्त अभ्यासमा तातो हावा चलेको बेला समुदायको भूमिका र जिम्मेवारी, सरोकारवाला निकाय स्थानीय विपद् व्यवस्थापन समिति, स्वास्थ्य केन्द्र र सरोकारवाला निकायले निर्वाह गर्ने कार्यको बारेमा सैद्धान्तिक छलफल र व्यवहारिक अभ्यास गरिएको थियो ।

नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले तातो हावा हरेक वर्ष चल्ने गरेको तर बाट त्यसबाट हुने क्षतिको लेखाजोखा नभएको बताउँदै आम समुदाय सचेत रहन आग्रह गर्नु भयो ।

रुकसान संस्थाको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक परिचालन भएका थिए ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १३ की का.बा.वडाअध्यक्ष १३ सोनी केवट को अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, रुकसानका अत्चुत सुवेदी, रेडक्रस बाँकेका कार्यालय प्रमुख दोलखबहादुर डाँगी, बरिष्ठ संगठन अधिकृत निरञ्जना, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, कार्यंक्रम संयोजक मानबहादुर सिंह, नेरेसो बाँकेबगिया उपशाखाका प्रतिनिधि विणीदत घिमिरे लगायत समुदायको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँकेका कार्यक्रम फोकल पर्सन झवीलाल शर्माले गर्नु भएको थियो ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles