अन्तर्राष्ट्रिय – नयाँ प्रदेश https://nayapradesh.com Local news Tue, 28 Jul 2026 10:54:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/ https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/#respond Tue, 28 Jul 2026 10:54:34 +0000 https://nayapradesh.com/?p=973 श्रावण १२ बाँके । नेपाल रेडक्रस सोासाइटी बाँके जिल्ला शाखाको आयोजनामा ६१औं रक्तसंचार सेवा स्थापना दिवस नेपालगंजमा मंगलवार मनाइएको छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले शुभकामना सन्देश दिदंै यस जिल्लामा अस्पतालहरुको संख्या बृद्धिसंगै विरामीको चापबढेको बताउँदै सोही अनुपतमा रगतको माँग पनि दिन प्रतिदिन बढदै गएको कुरा उल्लेख गर्नु भयो । उहाँले स्वयंसेवी तथा संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

दिवसका अवसरमा नेरेसो प्रादेशिक रक्तसंचार केन्द्र नेपालगंज तथा कोहलपुर र खजुरा रक्तसंचार इकाईमा सप्ताह व्यापी खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइरहेका छन ।

सप्ताहिक रुपमा संचालन भइरहेको रक्तदान कार्यक्रममा अछामी सेवा समाज बाँकले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट र भेरी अस्पताल नेपालगन्जले आप्mनो १३६औं बार्षिकत्सवको अवसरमा ३३ पिन्ट रक्तदान गरेको छ भने श्रावण १३ गते एक्टिव युवा क्लव खजुराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त केन्द्रबाट आर्थिक वर्ष २०८२÷०८३ मा २४ हजार ५ सय २६ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ । उहाँले बाँके जिल्लाको खजुरा, कोहलपुर र नेपालगंज क्षेत्रमा रहेका २२ वटा अस्पताल मार्फत डाक्टरको सिफरिसमा विरामीहरुलाई रगत उपलब्ध गराइएको बताउनु भएको छ ।

स्वास्थ्य हव को रुपमा रहेको बाँके जिल्लामा लुम्विनी कर्णाली र सुदुरपश्चिम प्रदेशका विरामीहरु यहाँ औषधी उपचारका लागि आउने गरेको तथ्यांक छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ३ वटा स्थानबाट रक्तसंचार सेवा प्रदान गरिरहेको छ । प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसचार सेवा इकाइ संचालन भैरहेको छ ।

]]>
https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/feed/ 0
पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोडकाे विराेध https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/ https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/#respond Tue, 28 Jul 2026 09:10:13 +0000 https://nayapradesh.com/?p=970 बाँके १२ साउन ।
दुई समुहबीच भएको झडपको समाचार संकलनका क्रममा पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट (कप्तानगञ्ज) मा कोशी प्रदेश कार्यसमिति सदस्यसमेत रहेका अन्सारीको मोटरसाइकल तोडफोड भएको महासंघको कोशी प्रदेश समितिले जनाएको छ ।

यसरी सञ्चारकर्ममा अवरोध पुर्‍याउने र त्रास सिर्जना गर्ने घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघको ठम्याइ छ । तसर्थ संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

पत्रकार आचारसंहिताप्रति जिम्मेवार रही सुरक्षा सतर्कताका साथ सञ्चारकर्ममा जुट्न पत्रकारहरूलाई हार्दिक अपिल गरिन्छ ।

साथै, महासंघ सुनसरीको देवानगञ्ज घटनाको संवेदनशीलतालाई गम्भीर रुपमा लिन, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न तथा आम नागरिकको जीउधनको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

]]>
https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/feed/ 0
कांग्रेसमा दृष्टिविहीन समलिङ्गी महिलालाई ऐतिहासिक जिम्मेवारी https://nayapradesh.com/2026/07/08/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b8/ https://nayapradesh.com/2026/07/08/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b8/#respond Wed, 08 Jul 2026 07:23:00 +0000 https://nayapradesh.com/?p=936 काठमाडौँ २४ असार । नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ऐतिहासिक प्रतिनिधित्व गराएको छ। कांग्रेस सभापति गगनकुमार थापाले जनाएको प्रतिबद्धता कार्यान्वयन गर्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँलाई मनोनयन गरेका छन्।

अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीक्यूआई) समुदायको प्रतिनिधित्व गर्दै प्रतिष्ठानको सदस्यमा मनोनयन भएकी हुन्। यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले सभापति गगनकुमार थापासँग भेट गरी पार्टीमा प्रतिनिधित्वको माग गरेका थिए। उक्त मागलाई सम्बोधन गर्दै सभापति थापाले समुदायको ऐतिहासिक प्रतिनिधित्व सुनिश्चित गराएका हुन्।

नेपाली कांग्रेसले यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलोपटक भूमिका श्रेष्ठलाई महाधिवेशन प्रतिनिधि बनाएको थियो। हाल भूमिका श्रेष्ठ नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आदिवासी जनजाति महिला कोटामा प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएकी छन्।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनयन हुन पाएकोमा प्रतीक्षा चापागाईँले आभार व्यक्त गरेकी छन्। उनले आफ्नो संस्था ‘मायाको पहिचान नेपाल’, आफ्ना सहकर्मीहरू, सम्पूर्ण टोली, युरोपेली सङ्घ र ‘एक्सन एड नेपाल’प्रति कृतज्ञता व्यक्त गर्दै आफू यस जिम्मेवारीको उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको र नेतृत्वप्रति धन्यवाद दिएकी छन्।

उनले आफ्नो राजनीतिक यात्रामा निरन्तर सहयोग र मार्गदर्शन प्रदान गर्ने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तप्रति विशेष आभार व्यक्त गरेकी छन्। “नीतिगत तहमा परिवर्तनको कुरा गर्दा समानता र एकरूपताको खोजी गर्ने हाम्रो सम्पूर्ण समुदायको हितका लागि योगदान पुर्‍याउन सकूँ भन्ने उद्देश्यका साथ आगामी राजनीतिक यात्रामा पनि उहाँबाट यस्तै सहयोगको अपेक्षा गर्दछु,” चापागाईँले लेखेकी छन्।

शिक्षा प्रदान गरेर तथा लैङ्गिक पहिचान र अपाङ्गताका आधारमा कुनै भेदभाव नगरी आफ्नो यात्रामा सधैँ साथ दिने बुबा–आमाप्रति पनि उनले विशेष आभार व्यक्त गरेकी छन्। “म जनसरोकार राख्ने व्यक्ति हुँ र मानवताको मुक्तिका लागि अघि सारिएका बृहत्तर उद्देश्यहरूलाई सधैँ समर्थन गर्नेछु,” उनले उल्लेख गरेकी छन्।

मायाको पहिचान नेपालले नेपाली कांग्रेसद्वारा दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संस्थाले जारी गरेको विज्ञप्तिमा, “यो नियुक्ति केवल एक व्यक्तिको उपलब्धि मात्र नभई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, विशेषगरी बहुआयामिक विभेदको सामना गरिरहेका व्यक्तिहरूको क्षमता, नेतृत्व र योगदानको औपचारिक स्वीकारोक्ति पनि हो,” भनिएको छ। साथै, दृष्टिविहीनता र समलैङ्गिक पहिचान दुवैका कारण दोहोरो चुनौती सामना गर्दै आएकी प्रतीक्षा चापागाईँको यो जिम्मेवारीमा नियुक्ति हुनु समावेशी लोकतन्त्र र प्रतिनिधित्वको दिशामा महत्त्वपूर्ण सन्देश भएको संस्थाले जनाएको छ।

मायाको पहिचान नेपालले नेपाली कांग्रेसलाई यस सकारात्मक पहलका लागि धन्यवाद दिँदै यो कदम केवल प्रतीकात्मक प्रतिनिधित्वमा सीमित नरही नीति निर्माण, अनुसन्धान, नेतृत्व विकास तथा पार्टीका निर्णय प्रक्रियामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने दिशामा अगाडि बढ्ने अपेक्षा पनि व्यक्त गरेको छ।

पहिलो संविधानसभाका सदस्य सुनिल बाबु पन्तले कांग्रेसमा दृष्टिविहीन समलिङ्गी महिलाको प्रतिनिधित्व समावेशी राजनीतितर्फको सकारात्मक कदम भएको बताएका छन्। उनले नेपालका अन्य राजनीतिक दलहरूलाई पनि आफ्ना संरचना, नीति निर्माण निकाय, केन्द्रीय तथा प्रदेश तहका समिति, प्रशिक्षण प्रतिष्ठान र नेतृत्व तहमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई वास्तविक अवसर प्रदान गर्न आग्रह गरेका छन्।

“केवल सदस्यता वितरण वा घोषणापत्रमा समावेशी भाषाको प्रयोग मात्र पर्याप्त हुँदैन। समुदायका मुद्दा, अनुभव र दृष्टिकोणलाई पार्टीको नीति तथा कार्यक्रमभित्र समेट्ने, नेतृत्व विकास गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने कार्य नै साँचो समावेशीकरण हो,” पन्तले प्रतिक्रिया दिएका छन्।

उनले नेपालको संविधानले समानता, समावेशिता र सामाजिक न्यायको प्रत्याभूति गरेको उल्लेख गर्दै अब राजनीतिक दलहरूले पनि यी संवैधानिक मूल्यहरूलाई व्यवहारमा उतार्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई नेतृत्व र नीति निर्माणका अवसरमा पहुँच दिन आवश्यक रहेको बताए।

पन्तले प्रतीक्षा चापागाईँको नियुक्तिले अन्य राजनीतिक दलहरूलाई पनि सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालको शुभकामना दिएका छन्।

]]>
https://nayapradesh.com/2026/07/08/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b8/feed/ 0
नेपालगञ्जमा एलजीबीटीआईक्यू+ विषयमा पत्रकार अभिमुखीकरण सम्पन्न https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/ https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/#respond Tue, 07 Jul 2026 14:33:13 +0000 https://nayapradesh.com/?p=923 बाँके २३ असार । यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू+) समुदायसम्बन्धी नैतिक, समावेशी तथा मानवअधिकारमा आधारित पत्रकारिताबारे पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) को आयोजनामा तथा युरोपियन युनियन र डीसीए नेपालको सहयोगमा सञ्चालन भएको ‘प्राइड प्रोजेक्ट’ अन्तर्गत उक्त कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो।
कार्यक्रममा एलजीबीटीआईक्यू+ समुदायका विषयमा समाचार सम्प्रेषण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने, व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्न नहुने तथा भेदभाव, हिंसा र पूर्वाग्रहलाई बढावा नदिने गरी जिम्मेवार पत्रकारिता गर्नुपर्ने विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालका ‘प्राइड प्रोजेक्ट’ अफिसर मनिला न्यौपाने, ट्रान्स महिला सिम्रन शेरचन तथा पश्चिम तारा नेपाल नेपालगञ्जकी प्रमुख एवं यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी परिना चौधरीले विषयगत प्रस्तुति दिनुभएको थियो।

सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई समुदायका अधिकार, समावेशी रिपोर्टिङ, ‘डु नो हार्म’ सिद्धान्त तथा समाचार लेखनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। समाचार तयार गर्दा व्यक्तिको यौनिक तथा लैंगिक पहिचानलाई अनावश्यक रूपमा मुख्य विषय नबनाई उनीहरूको अधिकार, सेवा–सुविधामा पहुँच, कानुनी अवस्था, चुनौती तथा उपलब्धिलाई प्राथमिकता जोड दिनुभयो ।

अभिमुखीकरणमा समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्पष्ट सहमति लिएर मात्र नाम, तस्बिर, भिडियो वा पहिचान खुल्ने विवरण प्रयोग गर्नुपर्ने बताइएको थियो। व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्दा उसको व्यक्तिगत सुरक्षा, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा असर पर्न सक्ने भएकाले गोपनियताको सम्मान गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमले समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औँल्याएको थियो भने यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक माया मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/feed/ 0
मनसुन पूर्वतयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न https://nayapradesh.com/2026/07/07/%e0%a4%ae%e0%a4%a8%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ https://nayapradesh.com/2026/07/07/%e0%a4%ae%e0%a4%a8%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af/#respond Tue, 07 Jul 2026 10:53:15 +0000 https://nayapradesh.com/?p=918 नेपालगंज २३ असार । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनसुन पूर्वतयारी तथा व्यवस्थापन गोष्ठी मंगलवार नेपालगंजमा सम्पन्न भएको छ ।

मनसुन सक्रिय हुनसाथ हरेक वर्ष जिल्ला शाखाले आप्mना मातहतका निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन गर्दै आएको छ । उक्त गोष्ठीमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन, सर्वेक्षण, राहत सामग्री व्यवस्थापन, सूचना आदान प्रदान र स्थानीय तहसंगको निरन्तर समन्वय जस्ता विषयमा जानकारी गराइएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गतका पालिका शाखा र उपशाखाहरुले पालना गर्नुपर्ने वैधानिक दायित्व, काम कर्तव्य तथा अधिकार र दृश्यात्मक एकता सम्बन्धमा जानकारी गराइएको थियो ।

उक्त गोष्ठीमा विषयगत समितिका संयोजक, नेरेसो पालिका शाखा र उपशाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षता सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तथा संगठन तथा क्षमता विकास समितिका संयोजक तेजबहादुर सुवेदी, उपनिर्देश दोलखबहादुर डाँगी लगायतले विषयबस्त सान्र्दिभक विचार राख्नु भएको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%ae%e0%a4%a8%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af/feed/ 0
साइकलमा २५ वर्षदेखि घुमेर रिपोर्टिङ गर्दै  पत्रकार ठाकुर https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/ https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/#respond Tue, 07 Jul 2026 08:32:38 +0000 https://nayapradesh.com/?p=909 नेपालगन्ज २३ असार । बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्म लिएका पत्रकार दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकलमा चढेर ठाउँ ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका छन् ।

ठाकुर बाँके जिल्ला विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका एक परिचित युवा पत्रकार तथा सामाजिक अभियन्ता समेत  हुन् । उनी लामो समयदेखि पश्चिम नेपालको पत्रकारिता, मानव अधिकार र सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहेर क्रियाशील रहिरहेका छन् ।

२०५४ सालदेखि बाल भित्ते पत्रिकामा गीत, गजल, गाउँ घरका घटनाहरु चार्ट पेपरमा लेखेर पत्रकारिता सुरु गरेका ठाकुरले २०६२/६३ सालदेखि नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेस वाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिक थुप्रै पत्रपत्रिकामा काम गरेका ठाकुरले विगत १३ वर्षदेखि भने लोकप्रिय सन्देश दैनिक पत्रिका र सहारा अनलाइनमा काम गरिरहेका छन् ।

उनले  साँगरमाथा टेलिभिजन , नेपाल वन टेलिभिजन , पश्चिमी सराेकार दैनिक , नव मधेश जागर हिन्दी दैनिक ,सराखबर डट . कम, लाेकपिय सन्देश दैनिक मधेशवाणी लगायतका सञ्चार माध्यमहरूमा आबद्ध भई राजनीति, समाज, पर्यटन र समसामयिक मुद्दाहरूमा कलम चलाउँदै आएका छन् ।
उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचित कार्यसमिति सदस्य हुन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा उनी कार्यसमिति सदस्य पदमा विजयी भएका थिए ।

ठाकुर  नेपालगञ्जमा क्रियाशील तत्कालीन प्रेस चाैतारी बाँके,प्रेस सङ्गठन बाँकेको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत मनोनित भई व्यावसायिक हकहितका लागि सक्रिय रहेका थिए । उनी बाँके जिल्लामा इमानदार पत्रकारको रुपमा चिनिन्छन् ।

पत्रकार ठाकुर  पत्रकारिताका साथ साथै उनी मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी मानव अधिकारवादी संस्था मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका छन् ।

सामाजिक कार्यहरूमा युवाहरूको सहभागिता बढाउन स्थापना गरिएको नेपाल युवा क्लब बाँकेको अध्यक्षका रूपमा समेत सर्वसम्मत चयन भई सामाजिक क्षेत्रको नेतृत्व गरिरहेका छन् ।
समग्रमा, दिनेश ठाकुर बाँके र नेपालगञ्ज क्षेत्रको पत्रकारिता, मानव अधिकार रक्षा र सामाजिक अभियानहरूमा अग्रसर रहने एक ऊर्जावान् व्यक्तित्व हुन् ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/feed/ 0
सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/#respond Fri, 03 Jul 2026 09:14:10 +0000 https://nayapradesh.com/?p=895 नेपालगञ्ज १९ असार । सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे ।

उक्त कार्यक्रममा कर प्रणाली, करदाताको दायित्व, राजस्व संकलनको अवस्था तथा करसम्बन्धी समसामयिक विषयमा छलफल गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूले करसम्बन्धी जानकारी प्रदान गर्दै कर सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। कार्यक्रममा कर प्रणालीलाई थप प्रभावकारी र जनमैत्री बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्‍याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारी, सञ्चारकर्मी तथा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

]]>
https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/feed/ 0
सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/ https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/#respond Fri, 12 Jun 2026 13:09:41 +0000 https://nayapradesh.com/?p=837 नेपालगन्ज, २९ जेठ
सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरूले धर्ना दिएका हुन् ।
२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ ।
सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धर्ना दिएको सचिव कृष्ण ओलीले बताए । धर्नामा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, शाखाका पूर्व अध्यक्षहरू लगायत पत्रकारहरूको सहभागिता थियो ।

धर्ना पश्चात् विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । बाँके शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर संकलन गरेको थियो ।

]]>
https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/feed/ 0
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/ https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/#respond Fri, 05 Jun 2026 13:23:07 +0000 https://nayapradesh.com/?p=806 दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे ।

लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनमा विशेष ध्यान दिइने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समाज परिवर्तन र विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सिर्जनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति पनि सचेत हुन युवालाई आग्रह गर्नुभयो । समाज रूपान्तरण, सुशासन प्रवर्द्धन तथा समृद्ध समाज निर्माणका लागि युवाले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले युवा पुस्ताको ऊर्जा, सीप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । युवालाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने समेत उहाँले बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जितकुमारी बेल्वासे (सुशीला) को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय शिक्षा, सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धिमार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, यूनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

]]>
https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/feed/ 0
वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/ https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/#respond Fri, 05 Jun 2026 04:46:34 +0000 https://nayapradesh.com/?p=803 दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोरमैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताउनुभयो । मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथाने कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण पोखरी निर्माण तथा वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरणमैत्री व्यवहार अपनाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।
विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

]]>
https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/feed/ 0