अर्थ / व्यवसाय – नयाँ प्रदेश https://nayapradesh.com Local news Fri, 11 Sep 2026 05:24:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 देउतादिन माविका विद्यार्थीद्वारा बाढीपीडितको सहयोगार्थ रु. ३,५५५ हस्तान्तरण https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/ https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/#respond Fri, 11 Sep 2026 05:24:57 +0000 https://nayapradesh.com/?p=1213 नेपालगन्ज २६ भदौ । विपद्को समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने सन्देश दिँदै श्री देउतादिन माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितहरूको सहयोगका लागि उदाहरणीय कार्य गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु. ३,५५५ रकम विद्यालय परिवारले नेपाल बौद्ध परीयत्ति शिक्षाकी गुरुआमा अङ्गारिका यसोधरा भगवती गुरुमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम संकलन गरेका हुन्। सानो रकम भए पनि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको दृष्टिले यो कार्य निकै प्रेरणादायी रहेको विद्यालय परिवारले जनाएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को समयमा सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरिएको छ।
विद्यार्थीहरूको यस मानवीय पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै स्थानीय समुदायले प्रशंसा गरेका छन्।

]]>
https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/feed/ 0
रसुवा बाढीपीडितका लागि ब्रिटिस इङ्लिस बोर्डिङ विद्यालयको रु. ५० हजार सहयोग https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/ https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/#respond Wed, 09 Sep 2026 09:30:48 +0000 https://nayapradesh.com/?p=1205 नेपालगन्ज २४ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपालगन्जस्थित ब्रिटिस इङ्लिस बोर्डिङ विद्यालय परिवारले रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय परिवारले उक्त रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेको जनाएको छ। बाढीका कारण प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराइएको विद्यालयले जनाएको हो।
विद्यालयका अनुसार विपद्को यस कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। साथै विद्यालय परिवारले बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, प्रभावकारी राहत वितरण तथा पुनर्स्थापनाको कार्य सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
हाल देशका विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सामाजिक निकायहरूले पनि रसुवा बाढीपीडितहरूको सहयोगका लागि राहत संकलन तथा आर्थिक सहयोग प्रदान गरिरहेका छन्।

]]>
https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/feed/ 0
ब्याकयार्ड क्याफे सञ्चालनमा https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/#respond Fri, 04 Sep 2026 07:09:38 +0000 https://nayapradesh.com/?p=1193 नेपालगञ्ज, १९ भदौ ।
नेपालगञ्जको करकाँदो क्षेत्रमा स्थापना गरिएको द ब्याकयार्ड क्याफे (सेप्टेम्बर ४, २०२६) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। क्याफेले आफ्नो भव्य उद्घाटन समारोहको आयोजना गर्दै स्थानीय समुदाय, व्यवसायी, युवा तथा कफी पारखीहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।
क्याफेका अनुसार उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। स्वादिष्ट परिकार, उत्कृष्ट कफी, मनोरञ्जनात्मक वातावरण तथा प्रत्यक्ष सांगीतिक प्रस्तुति क्याफेको मुख्य आकर्षण रहने जनाइएको छ।
क्याफे व्यवस्थापनले “गुड कफी, गुड फुड, गुड म्युजिक, गुड टाइम्स” भन्ने अवधारणासहित ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति साँझ ६ः३० बजेदेखि सुरु हुने बताइएको छ।
नेपालगञ्जको करकाँदोस्थित द ब्याकयार्ड क्याफेले आरामदायी वातावरणमा गुणस्तरीय कफी, स्वादिष्ट भोजन तथा मनोरञ्जनलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्य लिएको जनाएको छ।
क्याफे व्यवस्थापनले उद्घाटन समारोहमा उपस्थित भई नयाँ यात्राको हिस्सा बन्न सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

]]>
https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/feed/ 0
कांग्रेस बाँकेद्वारा प्रेस युनियन, डिएलए र उद्योगी व्यवसायीका नेतृत्व सम्मानित https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Tue, 01 Sep 2026 13:38:23 +0000 https://nayapradesh.com/?p=1190 नेपालगन्ज संवाददाता, १६ भदौं
नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।
नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति नारायण प्रसाद गौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
गत भदौ ६ गते सम्पन्न नेपाल प्रेस युनियन बाँकेको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमल खत्री नेतृत्वको जिल्ला कार्यसमिति, प्रदेश तथा संघीय पार्षदहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। साथै, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनमार्फत विभिन्न जिम्मेवारीमा निर्वाचित व्यक्तिहरूलाई पनि सम्मान गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले नेपाली कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रियता र प्रभावकारी भूमिकाले पार्टीलाई जनस्तरसम्म थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यशैली र योगदानले पार्टीको प्रतिष्ठा तथा जनविश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
“निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यहाँहरूको गतिविधि, नेतृत्व र कर्मले पार्टीको गौरव तथा सम्मान वृद्धि गर्नेछ भन्ने विश्वास लिएका छौं,” सभापति गौडेलले भन्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाल प्रेस युनियन, डिएलए तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट निर्वाचित प्रतिनिधिहरूले कांग्रेसको विचार, नीति तथा कार्यक्रमलाई समाजका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक संस्थाका प्रतिनिधि तथा सम्मानित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्वारा रु. ५१ हजार सहयोग https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/ https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/#respond Tue, 01 Sep 2026 12:57:38 +0000 https://nayapradesh.com/?p=1185 नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैठकले निर्णय गरे लगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन, पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ ।

विपद्को दुःखद् र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महासंघले यसअघि भदौ २१ गते आइतबार आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ (पत्रकार महिलाहरूलाई दर खुवाउने) कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ ।

उत्सव भन्दा मानवीय सहयोग, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित तीज कार्यक्रमका लागि छुट्याइएको रकममा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिको तर्फबाट थप रकम समेत गरी कुल रु. ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी, भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणमा सहजता प्रदान गर्न नवीकरणको समयावधि थप गरिएको छ । यसअघि भदौ १५ गतेसम्म रहेको सदस्यता नवीकरणको अन्तिम म्याद थप १५ दिन बढाउँदै भदौ मसान्तसम्म कायम गर्ने निर्णय बैठकले गरेको छ । महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा बैठकका निर्णयहरूबारे जानकारी दिइएको छ ।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/feed/ 0
रसुवा बाढीपीडितका लागि मोहम्मदपुरका मस्जिद, मुस्लिम समाज र इसाई समाजद्वारा रु. ६ लाख २३ हजारभन्दा बढी सहयोग https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/ https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/#respond Tue, 01 Sep 2026 11:27:03 +0000 https://nayapradesh.com/?p=1182 बर्दिया १६ भदौ । रसुवा जिल्लामा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिका–११ र १२ स्थित मोहम्मदपुरका मस्जिदहरू, मुस्लिम समाज तथा इसाई समाजले उल्लेखनीय आर्थिक सहयोग गरेका छन्।
मंगलबार आयोजित एक कार्यक्रममा मोहम्मदपुरका विभिन्न मस्जिदहरू तथा मुस्लिम समाज गुलरिया–११ र १२ का तर्फबाट संकलित रु. २ लाख २ हजार ७ सय ८६ तथा इसाई समाज बर्दिया का तर्फबाट संकलित रु. ४ लाख २० हजार ५ सय ८० गरी जम्मा रु. ६ लाख २३ हजार ३ सय ६६ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा हस्तान्तरण गरिएको हो।
संकलित रकम सम्बन्धित प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका हुन्। बाढीपीडितहरूको दुःखमा साथ दिन तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने मानवीय भावनासहित उक्त रकम संकलन गरिएको आयोजक पक्षले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विपद्को समयमा समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोगको भावना अझ सुदृढ भएको बताएका थिए।
बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा सहयोग पुग्ने विश्वासका साथ संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/feed/ 0
बाढीपीडितको राहतका लागि १८ मस्जिदबाट संकलित रु. १ लाख ५८ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/#respond Mon, 31 Aug 2026 08:44:23 +0000 https://nayapradesh.com/?p=1173

नेपालगञ्ज १५ बाँके । रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उलमा फाउन्डेसन नेपाल, शाखा जिल्ला बाँकेको संयोजनमा १८ वटा मस्जिदबाट संकलित रु. १ लाख ५८ हजार २३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेको पहलमा विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट स्वेच्छिक रूपमा संकलित उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। संकलन अभियानअन्तर्गत गणेशपुर, परसपुर, जमुनाहा, बिर्ता, जानकी, मनपुर, चिल्किया, नरैनापुर, डुडुवा, फत्तेपुर, सुर्खेतपुर्वा लगायत क्षेत्रका १८ मस्जिदबाट सहयोग जुटाइएको थियो।
राहत संकलन तथा हस्तान्तरण कार्यक्रम फाउन्डेसनका अध्यक्ष मौलाना मोहम्मद नसीरुद्दीन अन्सारीको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले विपद्को समयमा मानवता, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई अझ सुदृढ बनाउन सबै समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। साथै सहयोग गर्ने सम्पूर्ण मस्जिद, इमाम, व्यवस्थापन समिति तथा दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी तथा विपद्पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेले धार्मिक तथा सामाजिक संस्थाहरूको सहकार्यबाट संकलित रकम पारदर्शी रूपमा सरकारी राहत कोषमा जम्मा गरेर मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाएको छ। फाउन्डेसनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहललाई विपद्को समयमा धार्मिक संस्थाहरूको सक्रियता, सामाजिक एकता र मानवीय सेवाको सकारात्मक नमूनाका रूपमा हेरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/feed/ 0
सदस्यहित र संस्थागत विकासको एजेन्डासहित गुरुकुल साकोसको १६औँ साधारणसभा https://nayapradesh.com/2026/08/29/%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be/ https://nayapradesh.com/2026/08/29/%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be/#respond Sat, 29 Aug 2026 14:29:00 +0000 https://nayapradesh.com/?p=1158 नेपालगञ्ज, भदौ १३ । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा आइतबार बिहान १०:०० बजे नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरमा आयोजना हुँदैछ।
संस्थाले साधारणसभामा सहभागी हुन सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, ऋणी सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई हार्दिक स्वागत गरेको जनाएको छ। “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजना हुन लागेको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरिने कार्यक्रम रहेको छ।
साधारणसभामा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सहकारी अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। संस्थाले कार्यक्रमलाई व्यवस्थित, सफल र उपलब्धिमूलक बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
नेपालगञ्ज क्षेत्रमा सहकारी आन्दोलनलाई सुदृढ बनाउँदै आएको गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत प्रवर्द्धन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
“सुरक्षित दिगो साकोस, सन्तुष्ट सदस्य” भन्ने लक्ष्यका साथ सञ्चालन हुँदै आएको संस्थाको १६औँ वार्षिक साधारणसभाले आगामी वर्षका नीति तथा कार्यक्रम तय गर्ने विश्वास गरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/29/%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be/feed/ 0
राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगर समितिद्वारा प्रशिक्षण तथा राहत संकलन कार्यक्रम सम्पन्न https://nayapradesh.com/2026/08/29/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%a8%e0%a5%87/ https://nayapradesh.com/2026/08/29/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%a8%e0%a5%87/#respond Sat, 29 Aug 2026 14:15:49 +0000 https://nayapradesh.com/?p=1154 नेपालगन्ज, भदौ १३ । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम तथा रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ राहत संकलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संगठन सुदृढीकरण, पार्टी विस्तार तथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित छलफल गरिएको थियो। प्रशिक्षण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संगठन विस्तार र जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक ‘बुलडोजर बाबा’ले संगठन विस्तार, पार्टीको नीति तथा भावी कार्ययोजनाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। उहाँले पार्टीलाई जनस्तरसम्म पुर्‍याउन सबै कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यस अवसरमा रसुवागढीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि आर्थिक संकलनसमेत गरिएको थियो। कार्यक्रममा विभिन्न केन्द्रीय, प्रदेश तथा स्थानीय तहका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार प्रशिक्षण कार्यक्रम पूर्ण रूपमा सफल भएको तथा यसले संगठनलाई थप सुदृढ र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/29/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%a8%e0%a5%87/feed/ 0
लोककल्याणकारी विज्ञापन कटौतीको निर्णय फिर्ता लिन पत्रकार महासंघको माग https://nayapradesh.com/2026/08/29/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%95/ https://nayapradesh.com/2026/08/29/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%95/#respond Sat, 29 Aug 2026 14:06:37 +0000 https://nayapradesh.com/?p=1151 काठमाडौं १३ भदाै । नेपाल पत्रकार महासंघले सरकारले लोककल्याणकारी विज्ञापन वापत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको रकममा कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट मुलुक प्रभावित भएको तथा सञ्चारमाध्यमहरू आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले लोककल्याणकारी विज्ञापनको रकम आधा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ।
महासंघका अनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा स्वीकृत ‘विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन रकममा ५० प्रतिशत कटौती गरिएको छ।
विज्ञप्तिमा सरकारले वार्षिक बजेटमार्फत लोककल्याणकारी विज्ञापनको दायरा विस्तार गर्ने प्रतिबद्धता जनाए पनि कार्यविधिमार्फत रकम घटाएर सञ्चारमाध्यमप्रति प्रतिकूल व्यवहार देखाएको आरोप लगाइएको छ। महासंघले स्थानीय, प्रदेश र राष्ट्रिय सञ्चारमाध्यमहरूलाई थप आर्थिक संकटमा धकेल्ने निर्णय भएको उल्लेख गर्दै त्यसको भर्त्सना गरेको छ।
महासंघले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी गरिएको निर्णयले सञ्चार क्षेत्रको भविष्य नै प्रभावित हुने चेतावनी दिएको छ। साथै, लोककल्याणकारी विज्ञापनको रकम पूर्ववत् कायम गर्न र अनलाइन सञ्चारमाध्यमलाई समेत समान रूपमा विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महासंघले आफ्ना माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सञ्चार क्षेत्रमैत्री नीति अवलम्बन गर्न आग्रह गरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/29/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%95/feed/ 0