कृषि – नयाँ प्रदेश https://nayapradesh.com Local news Wed, 12 Aug 2026 15:25:26 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 महिला उद्यमी संघ नेपाल बाँकेको २३औँ वार्षिक साधारण सभा सम्पन्न https://nayapradesh.com/2026/08/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%be/ https://nayapradesh.com/2026/08/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%be/#respond Wed, 12 Aug 2026 15:25:25 +0000 https://nayapradesh.com/?p=1085 नेपालगन्ज २७ साउन । महिला उद्यमी संघ नेपाल बाँकेको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष रेवती सिंहको अध्यक्षतामा नेपालगन्जस्थित कोशेली घरमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को कार्य प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा संघले पछिल्लो वर्ष सञ्चालन गरेका विभिन्न गतिविधि, उपलब्धि तथा महिला उद्यमीको प्रवर्द्धनका लागि गरिएका प्रयासबारे सदस्यहरूलाई जानकारी गराइएको थियो।
महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष तथा महिला उद्यमी संघ नेपाल बाँकेकी पूर्वअध्यक्ष अन्जु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका गतिविधि तथा महिला उद्यमीका सवालमा छलफल गरिएको थियो।
सभामा संघले सञ्चालन गरेका महत्वपूर्ण कार्यक्रमहरूको समीक्षा गर्दै महिला उद्यमीलाई थप प्रोत्साहन, व्यवसाय विस्तार, क्षमता अभिवृद्धि तथा उद्यमशीलताको विकासका लागि आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम र नयाँ रणनीतिबारे छलफल गरिएको थियो।
साधारण सभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै महिला उद्यमीलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन संघको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

]]>
https://nayapradesh.com/2026/08/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ac%e0%a4%be/feed/ 0
आकाश राइस मिल एन्ड फ्लोर मिलमा अखाद्य रङ मिसिएको मासको दाल फेला, ३० किलो दाल नष्ट https://nayapradesh.com/2026/08/04/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a5%8b%e0%a4%b0-%e0%a4%ae/ https://nayapradesh.com/2026/08/04/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a5%8b%e0%a4%b0-%e0%a4%ae/#respond Tue, 04 Aug 2026 14:27:50 +0000 https://nayapradesh.com/?p=1061 नेपालगञ्ज, साउन १९ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित आकाश राइस मिल एन्ड फ्लोर मिलमा संयुक्त बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा अखाद्य रङ मिसाइएको मासको दाल फेला परेको छ। अनुगमन टोलीले उक्त दाल नियन्त्रणमा लिई मुचुल्का तयार गरी नष्ट गरेको जनाएको छ।

खाद्य सामग्रीको गुणस्तर कायम राख्न तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले गरिएको नियमित बजार अनुगमनका क्रममा करिब ३० किलो मासको दालमा अखाद्य रङ प्रयोग गरिएको भेटिएको हो। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले उक्त दाल तत्काल जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा उद्योगमा उत्पादन, भण्डारण, सरसफाइ, लेबलिङ तथा खाद्य गुणस्तरसँग सम्बन्धित मापदण्डहरूको समेत निरीक्षण गरिएको थियो। टोलीले उद्योग सञ्चालकलाई प्रचलित खाद्य ऐन, नियम तथा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
संयुक्त बजार अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा कुनै पनि प्रकारका अखाद्य पदार्थ वा रङको प्रयोग नगर्न व्यवसायीलाई सचेत गराउँदै यस्ता गतिविधि दोहोरिए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।
अनुगमन टोलीले बजारमा बिक्री–वितरण हुने खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै उपभोक्तालाई शंकास्पद खाद्य सामग्री वा अनियमितताबारे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/04/%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a5%8b%e0%a4%b0-%e0%a4%ae/feed/ 0
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/08/04/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/ https://nayapradesh.com/2026/08/04/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/#respond Tue, 04 Aug 2026 13:59:43 +0000 https://nayapradesh.com/?p=1052 दाङ, साउन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ।
मंगलबार लमहीमा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको उल्लेख गर्नुभयो। उहाँले यस अवस्थालाई प्रदेशकै प्रमुख चुनौती र चिन्ताको विषयका रूपमा चित्रण गर्नुभयो।
विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत युवालाई प्रशिक्षित तथा अनुशासित बनाउनुपर्ने धारणा राख्नुभयो। यस कार्यमा प्रदेश सरकारले आवश्यक साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले दाङ, बाँके, कपिलवस्तु र रुपन्देही जिल्लामा सवारी दुर्घटनाको दर उच्च रहेको जानकारी दिँदै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति तथा लागूऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण भएको बताउनुभयो। लागूऔषध नियन्त्रणमा सम्बन्धित सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले पुराना सवारीसाधन, गुणस्तरहीन सडक तथा चालकको लापरबाहीले दुर्घटना बढाइरहेको उल्लेख गर्दै प्राविधिक मापदण्डअनुसार गुणस्तरीय सडक निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बलियो र गुणस्तरीय सडक निर्माणसँगै सवारी नियमको कडाइका साथ पालना गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री आचार्यले नागरिक समाजलाई सुसूचित गर्दै बालबालिकालाई कुलतबाट टाढा राख्नुपर्ने तथा समाजमा बढ्दो विकृति, विसंगति र अराजकता नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। दुर्घटनापछि घाइतेको समयमै उद्धार र उपचार सुनिश्चित गर्दै मानवीय भावना र जिम्मेवार समाज निर्माणमा जोड दिन समेत उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो भने आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्दै नियम–कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शंकरसिंह धामीले प्रस्तुत गरेको पाँच वर्षे सडक दुर्घटना विश्लेषण अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म ७ हजार ८ सय ६६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर घाइते तथा ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्।
विश्लेषणमा दुर्घटनामा संलग्न सवारीमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे रहेको, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत रहेको उल्लेख गरिएको छ। अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेको र करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांकमा देखाइएको छ।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

]]>
https://nayapradesh.com/2026/08/04/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/feed/ 0
मल वितरणमा समान नीति बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन, उखु–केरा–मकै किसानलाई प्राथमिकता https://nayapradesh.com/2026/08/03/%e0%a4%ae%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/ https://nayapradesh.com/2026/08/03/%e0%a4%ae%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/#respond Mon, 03 Aug 2026 08:47:37 +0000 https://nayapradesh.com/?p=1041 दाङ, साउन १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणलाई व्यवस्थित, पारदर्शी र समान बनाउन स्पष्ट नीति निर्माण गर्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा मुख्यमन्त्री आचार्यले खाद्यान्न बालीका साथै उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर मल वितरणको कार्यविधि तयार गर्न आग्रह गर्नुभयो। उहाँले वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाएर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने समस्याको समाधान गरिने बताउनुभयो।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नितु पण्डितले देशभर वार्षिक करिब १४ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधाभन्दा कम मात्र उपलब्ध हुने गरेको जानकारी दिनुभयो। उहाँले उखु, मकै र केरा खेतीका लागि आवश्यक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा सहभागी उखु किसानहरूले रासायनिक मल र कृषि औजार प्राप्तिमा नीतिगत समस्या झेल्दै आएको उल्लेख गर्दै खाद्यान्न बालीका किसानसरह सुविधा उपलब्ध गराउन माग गरेका थिए।
यस क्रममा बर्दियास्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले आगामी सिजनमा उखु खेती विस्तारका लागि पर्याप्त रासायनिक मल सुनिश्चित गर्न आग्रह गरेको थियो। उद्योगका अनुसार हाल करिब दुई हजार किसानले तीन हजार बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन्। आगामी सिजनमा पाँच हजार किसानको सहभागितामा करिब छ हजार बिघामा व्यवसायिक उखु खेती विस्तार गर्ने योजना रहेको छ।
छलफलमा नेकपा (एमाले) बर्दियाका अध्यक्ष सालिकराम अधिकारी, उखु उत्पादक किसान समितिका अध्यक्ष कृष्णकुमार रेग्मी, राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख इन्द्रप्रसाद ढकाल तथा किसान समिति सदस्य ओमप्रकाश यादवलगायतको सहभागिता रहेको थियो।

]]>
https://nayapradesh.com/2026/08/03/%e0%a4%ae%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/feed/ 0
धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/29/%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%86/ https://nayapradesh.com/2026/06/29/%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%86/#respond Mon, 29 Jun 2026 02:24:35 +0000 https://nayapradesh.com/?p=868 दाङ १५ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको हो ।
नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक, व्यवसायिक तथा जलवायूमैत्री बनाउनु समयको आवश्यकता भएको उल्लख गर्नुभएको छ । बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो । साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतियोग्य जमिनको सदुपयोग, सिंचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध गराउन संघ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रविधिमैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेशाका रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।

]]>
https://nayapradesh.com/2026/06/29/%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%86/feed/ 0
नेपालगञ्ज १९ नम्बर वडा कार्यालय आ.व.२०८३/०८४ को योजना छनौट तथा वडा भेला कार्यक्रम सम्पन्न https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/ https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/#respond Thu, 18 Jun 2026 06:46:16 +0000 https://nayapradesh.com/?p=852 बाँके ०४ असार । नेपालगञ्ज उपमहानगरपालिका १९ नम्बर वडा कार्यालय आ.व.२०८३/०८४ को योजना छनौट तथा वडा भेला कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०८३/०८४ को लागि वार्षिक योजना तर्जुमा प्रस्ताव संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । वडा कार्यालय नजिक रहेको बाबाकुट्टीमा भएकाे भेलामा वडा सचिव तेजेन्द्र रोकायाले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का लागि १ करोड १ लाख ४५ हजार १ सयको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सचिव रोकायाले आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष परसराम कुर्मीले स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर आगामी कार्यक्रम र योजना तय गरिने स्पष्ट पारे । उक्त कार्यक्रममा वडा सदस्य राम सुहावन कुर्मी , अमृता कुमारी सिंह , सुनिता कोरी ,जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, नागरिक समाजका अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, नाला निर्माण, सरसफाई, बत्ती व्यवस्थापन, स्वास्थ्य, लागूऔषध आदि विषय प्राथमिकतामा राख्न माग गरिएको छ भने कार्यक्रम वरिष्ठ प्रशासन सहायक मनोज कुमार रिजालले सञ्चालन गर्नुभएको थियो ।

]]>
https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/feed/ 0
वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/ https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/#respond Fri, 05 Jun 2026 04:46:34 +0000 https://nayapradesh.com/?p=803 दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोरमैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताउनुभयो । मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथाने कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण पोखरी निर्माण तथा वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरणमैत्री व्यवहार अपनाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।
विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

]]>
https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/feed/ 0
८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा सम्पन्न https://nayapradesh.com/2026/05/24/%e0%a5%ae-%e0%a4%ac%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%be%e0%a4%aa/ https://nayapradesh.com/2026/05/24/%e0%a5%ae-%e0%a4%ac%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%be%e0%a4%aa/#respond Sun, 24 May 2026 06:41:55 +0000 https://nayapradesh.com/?p=767

नेपालगञ्ज, जेठ १० । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाई भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की तथा प्रेस स्वतन्त्रता हननका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घोषणापत्रमार्फत महासंघले पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन गर्न पाउने वातावरण सुनिश्चित गर्न तीनै तहका सरकारसँग माग गरेको हो । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने दोषीमाथि तत्काल कारबाही गर्न र पीडित पत्रकारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ । यस्तै घोषणापत्रमा हाल संघीय सरकारले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने गरी कार्यान्वयनमा ल्याएको व्यवस्थाप्रति खेद प्रकट गरिएको छ । साधारणसभाले सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएको छ । उक्त निर्णयले साना लगानीका निजी मिडिया बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै निजी आमसञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने व्यवस्था तत्काल रोक्न महासंघले माग गरेको छ । महासंघले प्रदेश तथा स्थानीय सरकारलाई पनि लोककल्याणकारी र समानुपातिक विज्ञापन नीति अवलम्बन गर्न आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका सामग्रीलाई पत्रकारितासँग जोडेर मूलधारका सञ्चारमाध्यम र पत्रकारलाई दोष दिने क्रम बढेकोप्रति पनि साधारणसभाले चिन्ता व्यक्त गरेको छ । कन्टेन्ट क्रियटर, सामाजिक सञ्जाल प्रयोगकर्ता र श्रमजीवी पत्रकारबीचको कार्यभिन्नता बुझेर मात्रै टिप्पणी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

साधारणसभाले सम्पूर्ण पत्रकारलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ । घोषणापत्रमा जिल्लाका स्थानीय तहले सञ्चार क्षेत्रका लागि विनियोजन गर्ने बजेट पारदर्शी नभएको उल्लेख गर्दै स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ । साधारणसभाले पुरस्कृत पत्रकार तथा सञ्चार संस्थालाई बधाई ज्ञापन गर्दै खोजमूलक र सन्तुलित पत्रकारितामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेको छ । त्यस्तै महासंघका केन्द्रीय परिषद् सदस्य खम्बप्रसाद पुनकी माता नदी मगर्नीको निधनप्रति दुःख व्यक्त गर्दै साधारणसभाले दिवंगत आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पत्रकार शंकरप्रसाद खनाल नेतृत्वमा सावित्री गिरी र कमल खत्री सदस्य रहेको समितिले घोषणापत्र तयार गरेको थियो ।

साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले सरकारको विभेदकारी निर्णयका कारण संचार क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरे । व्यवसायिक पत्रकार र स्थानीय मिडियाहरुको संरक्षण गर्ने दायित्व अब स्थानीय सरकारकै भएको पनि उल्लेख गरे । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँले सरकारका पछिल्ला निर्णयहरुले संचार क्षेत्रलाई त्रसित बनाएको बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले व्यवसायिक पत्रकारहरुको पेशागत हितका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । उनले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई अझै दृढतापूर्वक अगाडि बढाउने प्रतिवद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, बाँकेका प्रहरी प्रमुख अंगुर जिसी, पत्रकार महासंघ बाँकेका सल्लाहकार प्रदीप वाग्ले, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, अक्षयकोष दाताहरु डा। कौशल कुमार बर्मा, माधवराम वर्मा, जीवन शर्मा, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ता, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा नेपाल पत्रकार महासंघले कोहलपुर नगरपालिकासँगको सहयोगमा तयार पारेको ‘हाम्रो कोहलपुर’ पुस्तकको विचोन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासन, कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्य लगायतले विशिष्ट अतिथिहरुले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा १३ वटा फिचर र ३ वटा अन्तरवार्ता समावेश गरिएको छ । साधारण सभामा बाँके र बर्दियाका पत्रकारहरुलाई पुरस्कृत पनि गरिएको छ । रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाही पुरस्कृत भए । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यस्तै बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई जनही ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यसैगरी माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट बाँकेका प्रियास्मृति ढकाल र बर्दियाका रामप्रसाद चौहान पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे पुरस्कृत भए । दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । त्यसैगरी आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार ९संस्थागत० स्वास्थ्य पेज डटकम अनलाइनलाई प्रदान गरियो । उक्त संस्थालाई ५ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै सूर्यनाथ गौतम स्वास्थ्य ९मुटु रोग० पत्रकारिता पुरस्कारबाट मधु पौडेल पुरस्कृत भएका छन् । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उत्कृष्टताको आधारमा पुरस्कृत हुने पत्रकारहरुको नाम केही दिन अघि टुंगो लगाएको थियो । त्यसका लागि अक्षयकोष पुरस्कारको प्रकृतिको आधारमा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको थियो । साधारण सभाको बन्द शत्रमा सचिव कृष्ण ओलीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष सुनिल रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ । महासंघका उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए । यसैबीच महासंघ बाँके शाखाले निजी मिडियामाथि सरकारले गरेको आर्थिक नाकाबन्दीको विरोधमा हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।

]]>
https://nayapradesh.com/2026/05/24/%e0%a5%ae-%e0%a4%ac%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%be%e0%a4%aa/feed/ 0
मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/05/21/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%81%e0%a4%a3%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6/ https://nayapradesh.com/2026/05/21/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%81%e0%a4%a3%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6/#respond Thu, 21 May 2026 14:31:02 +0000 https://nayapradesh.com/?p=747 दाङ ०७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।

मानवसेवा आश्रम ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले सही सडक र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडकआश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राख्नुभयो ।

मानवसेवा आश्रमले बैशाख २७ गतेदेखि सुरु गरेको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । यात्राको क्रममा हालसम्म ११६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको जानकारी दिइएको छ ।

आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ । उद्धार गरिएका व्यक्तिहरूलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार र संरक्षणमा काम गर्दै आएकाे छ ।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।

यात्रामा आनि छोइङ डोल्मा अध्यक्ष रहेको फाउन्डेसनको सहयोग रहेको छ । गायिका आनि छोइङ डोल्मा स्वयं पनि यात्रामा सहभागी हुनुभएको छ ।

]]>
https://nayapradesh.com/2026/05/21/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%81%e0%a4%a3%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6/feed/ 0