मनोरञ्जन – नयाँ प्रदेश https://nayapradesh.com Local news Fri, 11 Sep 2026 16:36:14 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 बाँकेको पुरानो सांगीतिक गन्तव्य ‘चौतारी दोहोरी साँझ’ अझै लोकप्रिय https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/ https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/#respond Fri, 11 Sep 2026 16:36:13 +0000 https://nayapradesh.com/?p=1217 नेपालगन्ज २६ भदौ । बाँके जिल्लाको पुरानो तथा चर्चित दोहोरी प्रतिष्ठानका रूपमा परिचित चौतारी दोहोरी साँझले नेपाली लोकसंगीत र दोहोरी संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१८ मा अवस्थित चौतारी दोहोरी साँझ लामो समयदेखि स्थानीय तथा बाह्य जिल्लाका दर्शकहरूको रोजाइमा पर्दै आएको छ। यहाँ नियमित रूपमा सञ्चालन हुने सांगीतिक कार्यक्रममा ख्यातिप्राप्त तथा उदाउँदा कलाकारहरूको प्रस्तुति रहने गरेको छ।

नेपाली लोकदोहोरी गीत, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत चौतारी दोहोरी साँझले नेपाली मौलिक कला र संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। विशेषगरी लोकसंगीतप्रेमीहरूको जमघट हुने यस स्थानले कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर समेत प्रदान गर्दै आएको छ।

बाँकेको सांगीतिक इतिहाससँग जोडिएको चौतारी दोहोरी साँझ आज पनि स्थानीय संस्कृति, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित रहेको छ। व्यवस्थापन पक्षले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि गुणस्तरीय सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

]]>
https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/feed/ 0
ब्याकयार्ड क्याफे सञ्चालनमा https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/#respond Fri, 04 Sep 2026 07:09:38 +0000 https://nayapradesh.com/?p=1193 नेपालगञ्ज, १९ भदौ ।
नेपालगञ्जको करकाँदो क्षेत्रमा स्थापना गरिएको द ब्याकयार्ड क्याफे (सेप्टेम्बर ४, २०२६) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। क्याफेले आफ्नो भव्य उद्घाटन समारोहको आयोजना गर्दै स्थानीय समुदाय, व्यवसायी, युवा तथा कफी पारखीहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।
क्याफेका अनुसार उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। स्वादिष्ट परिकार, उत्कृष्ट कफी, मनोरञ्जनात्मक वातावरण तथा प्रत्यक्ष सांगीतिक प्रस्तुति क्याफेको मुख्य आकर्षण रहने जनाइएको छ।
क्याफे व्यवस्थापनले “गुड कफी, गुड फुड, गुड म्युजिक, गुड टाइम्स” भन्ने अवधारणासहित ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति साँझ ६ः३० बजेदेखि सुरु हुने बताइएको छ।
नेपालगञ्जको करकाँदोस्थित द ब्याकयार्ड क्याफेले आरामदायी वातावरणमा गुणस्तरीय कफी, स्वादिष्ट भोजन तथा मनोरञ्जनलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्य लिएको जनाएको छ।
क्याफे व्यवस्थापनले उद्घाटन समारोहमा उपस्थित भई नयाँ यात्राको हिस्सा बन्न सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

]]>
https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/feed/ 0
गाईजात्रा (सा:पारु) २०८३ को अवसरमा नेपालगञ्जमा भव्य सांस्कृतिक र्‍याली सम्पन्न https://nayapradesh.com/2026/08/29/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a9-%e0%a4%95%e0%a5%8b/ https://nayapradesh.com/2026/08/29/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a9-%e0%a4%95%e0%a5%8b/#respond Sat, 29 Aug 2026 05:02:41 +0000 https://nayapradesh.com/?p=1147 नेपालगञ्ज, भदौ १३ । भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा गाईजात्रा (सा:पारु) २०८३ को अवसरमा भव्य सांस्कृतिक र्‍याली सम्पन्न भएको छ।
नेवा: पुचः बाँकेको आयोजनामा सम्पन्न र्‍यालीमा नेवार समुदायका महिला, पुरुष तथा युवायुवतीहरू परम्परागत नेवारी पोशाक, सांस्कृतिक झाँकी तथा बाजागाजासहित सहभागी भएका थिए। र्‍यालीले नेपालगञ्जको विभिन्न मुख्य सडकहरूको परिक्रमा गर्दै स्थानीय संस्कृति, कला र परम्पराको संरक्षणमा जनचेतना फैलाउने काम गरेको आयोजकले जनाएको छ।
“भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गाईजात्रासँग सम्बन्धित झाँकी तथा परम्परागत नृत्यहरू समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा समुदायका अग्रज व्यक्तित्व, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्‍याली स्वस्तिक कटेज, सुर्खेत रोडबाट सुरु भई नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै बागेश्वरी पार्कमा पुगेर समापन गरिएको आयोजक नेवा: पुचः बाँकेले जनाएको छ।
गाईजात्रा पर्व दिवंगत आफन्तहरूको सम्झनामा मनाइने परम्परागत पर्वका रूपमा परिचित छ। यस अवसरमा समाजमा व्याप्त विकृति–विसंगतिमाथि व्यंग्यात्मक प्रस्तुति दिने तथा सांस्कृतिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने परम्परा रहँदै आएको छ।
आयोजकले यस्ता कार्यक्रमले भाषा, संस्कृति र पहिचानको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

]]>
https://nayapradesh.com/2026/08/29/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a9-%e0%a4%95%e0%a5%8b/feed/ 0
नेपालगञ्जमा बालिका श्रममा लगाउने आरोपमा ३ स्पा सञ्चालक पक्राउ https://nayapradesh.com/2026/08/24/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae/ https://nayapradesh.com/2026/08/24/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae/#respond Mon, 24 Aug 2026 16:17:43 +0000 https://nayapradesh.com/?p=1114 नेपालगञ्ज, ८ भदौ । बाँकेको नेपालगञ्जमा सञ्चालित केही स्पामा बालिकाहरूलाई काममा लगाइएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको अनुगमन तथा छापामारीका क्रममा ३ जना स्पा सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न स्पामा गरिएको चेकजाँचका क्रममा ७ जना बालिकालाई उद्धार गरिएको छ। उद्धार गरिएका बालिकालाई काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारु तथा नेपालगञ्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
प्रहरीका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। बालिकाहरूलाई जोखिमपूर्ण तथा कानुनविपरीत श्रममा लगाइएको आशंकामा प्रहरीले विशेष निगरानी तथा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरले बालबालिकाको अधिकार संरक्षणमा कुनै सम्झौता नगर्ने बताउँदै यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने जानकारी दिएका छन्।

]]>
https://nayapradesh.com/2026/08/24/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae/feed/ 0
नेपालगञ्जमा एलजीबीटीआईक्यू+ विषयमा पत्रकार अभिमुखीकरण सम्पन्न https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/ https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/#respond Tue, 07 Jul 2026 14:33:13 +0000 https://nayapradesh.com/?p=923 बाँके २३ असार । यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू+) समुदायसम्बन्धी नैतिक, समावेशी तथा मानवअधिकारमा आधारित पत्रकारिताबारे पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) को आयोजनामा तथा युरोपियन युनियन र डीसीए नेपालको सहयोगमा सञ्चालन भएको ‘प्राइड प्रोजेक्ट’ अन्तर्गत उक्त कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो।
कार्यक्रममा एलजीबीटीआईक्यू+ समुदायका विषयमा समाचार सम्प्रेषण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने, व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्न नहुने तथा भेदभाव, हिंसा र पूर्वाग्रहलाई बढावा नदिने गरी जिम्मेवार पत्रकारिता गर्नुपर्ने विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालका ‘प्राइड प्रोजेक्ट’ अफिसर मनिला न्यौपाने, ट्रान्स महिला सिम्रन शेरचन तथा पश्चिम तारा नेपाल नेपालगञ्जकी प्रमुख एवं यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी परिना चौधरीले विषयगत प्रस्तुति दिनुभएको थियो।

सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई समुदायका अधिकार, समावेशी रिपोर्टिङ, ‘डु नो हार्म’ सिद्धान्त तथा समाचार लेखनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। समाचार तयार गर्दा व्यक्तिको यौनिक तथा लैंगिक पहिचानलाई अनावश्यक रूपमा मुख्य विषय नबनाई उनीहरूको अधिकार, सेवा–सुविधामा पहुँच, कानुनी अवस्था, चुनौती तथा उपलब्धिलाई प्राथमिकता जोड दिनुभयो ।

अभिमुखीकरणमा समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्पष्ट सहमति लिएर मात्र नाम, तस्बिर, भिडियो वा पहिचान खुल्ने विवरण प्रयोग गर्नुपर्ने बताइएको थियो। व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्दा उसको व्यक्तिगत सुरक्षा, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा असर पर्न सक्ने भएकाले गोपनियताको सम्मान गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमले समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औँल्याएको थियो भने यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक माया मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/feed/ 0
चौतारीकाे प्रथम वार्षिक उत्सवका साथ विशेष सांस्कृतिक कार्यक्रम आइतबारदेखि शुरू https://nayapradesh.com/2026/05/10/%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%ae-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95/ https://nayapradesh.com/2026/05/10/%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%ae-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95/#respond Sun, 10 May 2026 15:21:16 +0000 https://nayapradesh.com/?p=633 बाँके २७ बैशाख । चौतारी दोहोरी साँझकाे प्रथम वार्षिक उत्सवका साथ विशेष सांस्कृतिक कार्यक्रम आइतबारदेखि शुरू गरिएको छ ।

साे कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुको साथमा मिना बुढाथोकी, दोहोरी गयिका कसमरानि ठकुरी, डान्सर/गायिका, शान्ति पुलामी मगर, दोहोरी गायक रत्न श्रेष्ठ रहेकाे संचालि टिका बोहोराले जानकारी गराइन् ।मितिः २७-०१-२०८३ देखि २९-०१-२०८३ सम्म समय : बेलुका ७:०० बजे देखि ११:४५ बजे सम्म रहने छ ।

]]>
https://nayapradesh.com/2026/05/10/%e0%a4%9a%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%ae-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95/feed/ 0
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग https://nayapradesh.com/2026/05/06/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%b0-%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7/ https://nayapradesh.com/2026/05/06/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%b0-%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7/#respond Wed, 06 May 2026 15:35:15 +0000 https://nayapradesh.com/?p=540
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष खलु प्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना तथा सेवा प्रवाहमा यसको प्रयोग सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा मगर भाषा जान्ने कर्मचारीको व्यवस्थापन, आवश्यक तालिमको प्रबन्ध तथा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिएको छ । यसबाट मगर समुदायलाई सरकारी सेवा प्राप्त गर्न सहज हुने र समावेशी शासन प्रणाली सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
यसैगरी, थारु कल्याणकारिणी सभा दाङले पनि थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ । सभाका अध्यक्ष असोक कुमार चौधरीले लुम्बिनी प्रदेशमा थारु समुदायको उल्लेखनीय जनसंख्या रहेको र भाषा आयोगको सिफारिससमेत भएकाले तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।
यस्तै, नेपाल मगर संघले मगर समुदायको मौलिक सांस्कृतिक पर्व ‘भूमे पर्व’ का अवसरमा प्रत्येक वर्ष असार १ गते प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्नसमेत आग्रह गरेको छ । प्रकृतिपूजामा आधारित उक्त पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीलाई सुदृढ बनाउने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आदिवासी जनजाति ऐन निर्माण गरी समुदायका अधिकार सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भाषिक समानता, सांस्कृतिक विविधताको सम्मान र सामाजिक समावेशीतालाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

]]>
https://nayapradesh.com/2026/05/06/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%b0-%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7/feed/ 0