राजनीति – नयाँ प्रदेश https://nayapradesh.com Local news Tue, 28 Jul 2026 10:54:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/ https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/#respond Tue, 28 Jul 2026 10:54:34 +0000 https://nayapradesh.com/?p=973 श्रावण १२ बाँके । नेपाल रेडक्रस सोासाइटी बाँके जिल्ला शाखाको आयोजनामा ६१औं रक्तसंचार सेवा स्थापना दिवस नेपालगंजमा मंगलवार मनाइएको छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले शुभकामना सन्देश दिदंै यस जिल्लामा अस्पतालहरुको संख्या बृद्धिसंगै विरामीको चापबढेको बताउँदै सोही अनुपतमा रगतको माँग पनि दिन प्रतिदिन बढदै गएको कुरा उल्लेख गर्नु भयो । उहाँले स्वयंसेवी तथा संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

दिवसका अवसरमा नेरेसो प्रादेशिक रक्तसंचार केन्द्र नेपालगंज तथा कोहलपुर र खजुरा रक्तसंचार इकाईमा सप्ताह व्यापी खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइरहेका छन ।

सप्ताहिक रुपमा संचालन भइरहेको रक्तदान कार्यक्रममा अछामी सेवा समाज बाँकले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट र भेरी अस्पताल नेपालगन्जले आप्mनो १३६औं बार्षिकत्सवको अवसरमा ३३ पिन्ट रक्तदान गरेको छ भने श्रावण १३ गते एक्टिव युवा क्लव खजुराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त केन्द्रबाट आर्थिक वर्ष २०८२÷०८३ मा २४ हजार ५ सय २६ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ । उहाँले बाँके जिल्लाको खजुरा, कोहलपुर र नेपालगंज क्षेत्रमा रहेका २२ वटा अस्पताल मार्फत डाक्टरको सिफरिसमा विरामीहरुलाई रगत उपलब्ध गराइएको बताउनु भएको छ ।

स्वास्थ्य हव को रुपमा रहेको बाँके जिल्लामा लुम्विनी कर्णाली र सुदुरपश्चिम प्रदेशका विरामीहरु यहाँ औषधी उपचारका लागि आउने गरेको तथ्यांक छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ३ वटा स्थानबाट रक्तसंचार सेवा प्रदान गरिरहेको छ । प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसचार सेवा इकाइ संचालन भैरहेको छ ।

]]>
https://nayapradesh.com/2026/07/28/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/feed/ 0
पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोडकाे विराेध https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/ https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/#respond Tue, 28 Jul 2026 09:10:13 +0000 https://nayapradesh.com/?p=970 बाँके १२ साउन ।
दुई समुहबीच भएको झडपको समाचार संकलनका क्रममा पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही साउन ११ गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट (कप्तानगञ्ज) मा कोशी प्रदेश कार्यसमिति सदस्यसमेत रहेका अन्सारीको मोटरसाइकल तोडफोड भएको महासंघको कोशी प्रदेश समितिले जनाएको छ ।

यसरी सञ्चारकर्ममा अवरोध पुर्‍याउने र त्रास सिर्जना गर्ने घटना अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघको ठम्याइ छ । तसर्थ संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

पत्रकार आचारसंहिताप्रति जिम्मेवार रही सुरक्षा सतर्कताका साथ सञ्चारकर्ममा जुट्न पत्रकारहरूलाई हार्दिक अपिल गरिन्छ ।

साथै, महासंघ सुनसरीको देवानगञ्ज घटनाको संवेदनशीलतालाई गम्भीर रुपमा लिन, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न तथा आम नागरिकको जीउधनको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

]]>
https://nayapradesh.com/2026/07/28/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/feed/ 0
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/ https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/#respond Mon, 20 Jul 2026 16:40:10 +0000 https://nayapradesh.com/?p=965 नेपालगञ्ज, साउन ४ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
महासंघको असार १४ गते सम्पन्न १०औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट मन भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी सम्हालेको हो ।
पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण साझेदार भएकाले महासंघलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले सदस्य संस्थाहरूको क्षमता विकास, नीति वकालत, सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
महासंघ बाँके शाखाका पूर्व अध्यक्ष तेजविक्रम शाहले महासंघले विगतदेखि स्थापना गरेको संस्थागत गरिमा र विश्वसनीयतालाई अझ मजबुत बनाउनुपर्ने  बताए । उनले अनुभव र नयाँ ऊर्जाको समन्वय गर्दै सबै सदस्य संस्थालाई समेटेर अघि बढ्नुपर्ने तथा महासंघलाई जिल्लाको साझा नागरिक संस्थाको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष मन भण्डारीले आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्य संस्था तथा प्रतिनिधिप्रति आभार व्यक्त गर्दै महासंघलाई सबै सदस्य संस्थाको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सदस्य संस्थाहरूको हक–हित संरक्षण, संस्थागत क्षमता अभिवृद्धि, नीति तथा वकालत, सुशासन प्रवद्र्धन र स्थानीय सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै महासंघलाई थप सक्रिय र प्रभावकारी बनाउने बताए ।
निर्वाचन समितिका संयोजक केशव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य हेमराज भट्टले गरेका थिए ।

]]>
https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/feed/ 0
लुम्बिनी मन्त्रिपरिषद्को बैठक सम्पन्न, प्रदेश सचिवहरूको जिम्मेवारी तोकियो https://nayapradesh.com/2026/07/17/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95/ https://nayapradesh.com/2026/07/17/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95/#respond Fri, 17 Jul 2026 13:26:01 +0000 https://nayapradesh.com/?p=962 दाङ ०१ साउन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहनुभएकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा आर्थिक वर्ष २०८२\०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो ।
यसैगरी, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनुभएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

]]>
https://nayapradesh.com/2026/07/17/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95/feed/ 0
लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत, कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्री आचार्यको निर्देशन https://nayapradesh.com/2026/07/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/ https://nayapradesh.com/2026/07/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/#respond Wed, 15 Jul 2026 13:39:50 +0000 https://nayapradesh.com/?p=959 दाङ ३१ असार । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक समितिको बैठकले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम दस्तावेज तथा नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि, २०८२ बमोजिम उक्त निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको वार्षिक प्रगतिको समीक्षा गर्दै आगामी वर्षका लागि पूर्ण प्रस्ताव पेस गरेका स्थानीय तहका परियोजनामध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट आठ परियोजना स्वीकृत गरेको छ ।
स्वीकृत परियोजनामा रोल्पाको सुनछहरी गाउँपालिकाको जुनेलीमा किसान व्यवसायिक कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशील विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक वडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्भा गाउँपालिकाको सूचना प्रविधिमैत्री शिक्षा, रोल्पाको थवाङ गाउँपालिकाको पर्यटन प्रवद्र्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको ‘स्मार्ट शिक्षा परियोजना, नवलपरासीको सुस्ता गाउँपालिकाको प्रविधिमैत्री डिजिटल शिक्षा तथा बर्दियाको गेरुवा गाउँपालिकाको ‘डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा नवप्रवर्तन साझेदारी परियोजनाका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही बजेटबाट स्वीकृत आठवटै स्थानीय तहलाई प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ । कार्यविधिअनुसार स्थानीय तहले व्यहोर्नुपर्ने न्यूनतम लागत सहभागिता भने यथावत रहनेछ । बैठकले प्रदेश छनौट तथा सिफारिस समितिले पेस गरेको ढाँचाअनुसार कार्यान्वयनयोग्य क्रियाकलाप समावेश गरी सम्बन्धित स्थानीय तहसँग सम्झौता गर्न प्रदेश कार्यक्रम सहयोग इकाईलाई निर्देशन दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले निर्धारित कार्यक्रम समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले नवप्रवर्तन, सूचना प्रविधि, उद्यमशीलता र सेवा प्रवाह सुधारसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता परियोजनाले संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई प्रविधिमैत्री, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन यस्ता नवप्रवर्तनमुखी कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले स्वीकृत परियोजनाहरू नतिजामुखी ढंगले कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभएको हो ।

]]>
https://nayapradesh.com/2026/07/15/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/feed/ 0
बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/ https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/#respond Tue, 14 Jul 2026 12:46:27 +0000 https://nayapradesh.com/?p=955 बाँके ३० असार । स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । स्वतन्त्र चालक संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रेशम कुमार जैशीको अध्यक्षतामा बसेको स्वतन्त्र चालक संघ नेपाल जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्व सागर परियारलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै भेलाले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू समेत चयन गर्दै जिल्लामा संस्थाको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नवगठित समितिको उपाध्यक्षमा तिलक बहादुर विक, सचिवमा प्रकाश बोहरा, सह सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा दिल बहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदिप परियार, श्रवण विक, हिरा बहादुर सुनार, राम प्रवेश थारु रहेका छन् । बैठकमा संस्थाको उद्देश्यअनुसार जिल्लामा संगठन सुदृढीकरण, सदस्य विस्तार तथा सेवामूलक गतिविधि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । बैठकले बाँके जिल्लामा कार्यालय स्थापना गरी संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने तथा साउन १० गतेभित्र पूर्ण कार्यसमिति विस्तार गर्ने निर्णयसमेत गरेको जनाएको छ । जुनसुकै चालकलाई केही समस्या परे हामी एकमन एकताका साथ सहकार्य र सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्वतन्त्र चालक संघ नेपाल बाँकेका पनि गठन गरिएको अध्यक्ष विश्व सागर परियारले बताउनुभयो ।

]]>
https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/feed/ 0
स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/ https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/#respond Sun, 12 Jul 2026 15:43:19 +0000 https://nayapradesh.com/?p=952 नेपालगन्ज २८ असार । पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।
क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिकामा बाल मैत्री घोषण र दिगोपन व्यवस्थापनका लागि रणनितीक योजना बनाउन आवश्यक रहेको प्रशिक्षक खनालले बताउनुभयो । प्रशिक्षक खनालले बालवालिकाको हितमा काम गर्न योजना, निती, संरचना र कार्यप्रक्रिया (व्यवहार) अपरिहार्य रहेको बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगरले जानकी गाउँपालिकालाई बालमैत्री र पोषण मैत्री स्थानिय शासन लागु गर्न पालिकाका शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी तथा स्वच्छता, पशुपंक्षी क्षेत्रका सरोकारवाला एकवद्ध भएर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । जानकीमा बालवालिका र पोषण मैत्री बनाउन सबै जना हातेमालो गर्न अति आवश्यक रहेको बताउनुभयो ।
जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमिले बालमैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागि सरोकारवालानिकायले बताएका छन् । तालिममा बाल मैत्री र पोषण मैत्री स्थानिय शासनका ५१ र ४९ सूचकहरु छलफल गरि योजना बनाईएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराइएको थियो । ३ दिने तालिमको समापन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासी, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

]]>
https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/feed/ 0
वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/07/12/%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%88%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/ https://nayapradesh.com/2026/07/12/%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%88%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/#respond Sun, 12 Jul 2026 15:40:52 +0000 https://nayapradesh.com/?p=949 दाङ २८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताउनु भएको हाे ।

सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

]]>
https://nayapradesh.com/2026/07/12/%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%88%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8/feed/ 0
लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान https://nayapradesh.com/2026/07/11/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/ https://nayapradesh.com/2026/07/11/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/#respond Sat, 11 Jul 2026 14:04:40 +0000 https://nayapradesh.com/?p=946 दाङ २७ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँच जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ११ हजार रुपैयाँ, रजत पदक विजेतालाई ९ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ६ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित सबैलाई खादा, अविर र सम्मानपत्र समेत प्रदान गरिएको परिषद्ले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न परिषद्ले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताउनुभयो ।
गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

]]>
https://nayapradesh.com/2026/07/11/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/feed/ 0
पोषणलाई प्राथमिकतामा राख्न शिक्षा, स्वास्थ्य र जनचेतनामा जोड दिन आवश्यक https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/ https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/#respond Thu, 09 Jul 2026 10:00:33 +0000 https://nayapradesh.com/?p=939 नेपालगन्ज २५ असार । बाँकेको जानकी गाउँपालिकामा पोषण सुधार तथा कुपोषण न्यूनीकरणका उपायबारे सरोकारवालाबीच बिहीबार व्यापक छलफल गरिएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा पौवा होटलमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाले पोषणसम्बन्धी चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले कुपोषण अझै पनि बालबालिका तथा समुदायको स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दिगो पोषण सुधारका लागि स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पोषणसम्बन्धी नियमित संवाद र सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासीले नेपालमा पोषणको वर्तमान अवस्था, कुपोषणका जोखिम, सुधारिएको पोषणका सकारात्मक परिणाम तथा कुपोषण न्यूनीकरणका व्यावहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा देखिएका पोषणसम्बन्धी चुनौतीहरूको पहिचान गराइएको थियो । साथै तत्काल कार्यान्वयन गर्नुपर्ने प्राथमिकता, स्थानीय स्रोत–साधनको उपयोग र दीर्घकालीन रूपमा पोषण सुधारका लागि अपनाउनुपर्ने रणनीतिबारे समेत सुझाव संकलन गरिएको थियो ।

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पोषणलाई पालिका विकासको प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक एकता र जनचेतनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कुपोषण न्यूनीकरणका लागि सबै पक्षको समन्वय र सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका थिए ।

]]>
https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/feed/ 0