शिक्षा – नयाँ प्रदेश https://nayapradesh.com Local news Fri, 11 Sep 2026 16:36:14 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 बाँकेको पुरानो सांगीतिक गन्तव्य ‘चौतारी दोहोरी साँझ’ अझै लोकप्रिय https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/ https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/#respond Fri, 11 Sep 2026 16:36:13 +0000 https://nayapradesh.com/?p=1217 नेपालगन्ज २६ भदौ । बाँके जिल्लाको पुरानो तथा चर्चित दोहोरी प्रतिष्ठानका रूपमा परिचित चौतारी दोहोरी साँझले नेपाली लोकसंगीत र दोहोरी संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१८ मा अवस्थित चौतारी दोहोरी साँझ लामो समयदेखि स्थानीय तथा बाह्य जिल्लाका दर्शकहरूको रोजाइमा पर्दै आएको छ। यहाँ नियमित रूपमा सञ्चालन हुने सांगीतिक कार्यक्रममा ख्यातिप्राप्त तथा उदाउँदा कलाकारहरूको प्रस्तुति रहने गरेको छ।

नेपाली लोकदोहोरी गीत, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत चौतारी दोहोरी साँझले नेपाली मौलिक कला र संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। विशेषगरी लोकसंगीतप्रेमीहरूको जमघट हुने यस स्थानले कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर समेत प्रदान गर्दै आएको छ।

बाँकेको सांगीतिक इतिहाससँग जोडिएको चौतारी दोहोरी साँझ आज पनि स्थानीय संस्कृति, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित रहेको छ। व्यवस्थापन पक्षले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि गुणस्तरीय सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

]]>
https://nayapradesh.com/2026/09/11/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95/feed/ 0
देउतादिन माविका विद्यार्थीद्वारा बाढीपीडितको सहयोगार्थ रु. ३,५५५ हस्तान्तरण https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/ https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/#respond Fri, 11 Sep 2026 05:24:57 +0000 https://nayapradesh.com/?p=1213 नेपालगन्ज २६ भदौ । विपद्को समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने सन्देश दिँदै श्री देउतादिन माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितहरूको सहयोगका लागि उदाहरणीय कार्य गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु. ३,५५५ रकम विद्यालय परिवारले नेपाल बौद्ध परीयत्ति शिक्षाकी गुरुआमा अङ्गारिका यसोधरा भगवती गुरुमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम संकलन गरेका हुन्। सानो रकम भए पनि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको दृष्टिले यो कार्य निकै प्रेरणादायी रहेको विद्यालय परिवारले जनाएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को समयमा सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरिएको छ।
विद्यार्थीहरूको यस मानवीय पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै स्थानीय समुदायले प्रशंसा गरेका छन्।

]]>
https://nayapradesh.com/2026/09/11/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d/feed/ 0
रसुवा बाढीपीडितका लागि ब्रिटिस इङ्लिस बोर्डिङ विद्यालयको रु. ५० हजार सहयोग https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/ https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/#respond Wed, 09 Sep 2026 09:30:48 +0000 https://nayapradesh.com/?p=1205 नेपालगन्ज २४ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपालगन्जस्थित ब्रिटिस इङ्लिस बोर्डिङ विद्यालय परिवारले रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय परिवारले उक्त रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेको जनाएको छ। बाढीका कारण प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराइएको विद्यालयले जनाएको हो।
विद्यालयका अनुसार विपद्को यस कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो। साथै विद्यालय परिवारले बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, प्रभावकारी राहत वितरण तथा पुनर्स्थापनाको कार्य सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
हाल देशका विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सामाजिक निकायहरूले पनि रसुवा बाढीपीडितहरूको सहयोगका लागि राहत संकलन तथा आर्थिक सहयोग प्रदान गरिरहेका छन्।

]]>
https://nayapradesh.com/2026/09/09/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac/feed/ 0
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको अध्यक्षमा बबिता सिंह निर्विरोध निर्वाचित https://nayapradesh.com/2026/09/06/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%9e%e0%a5%8d/ https://nayapradesh.com/2026/09/06/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%9e%e0%a5%8d/#respond Sun, 06 Sep 2026 12:45:01 +0000 https://nayapradesh.com/?p=1200 नेपालगञ्ज २१ बाँके । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको ३२औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।
अधिवेशनबाट बबिता सिंह अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै, कृष्ण गिरी मघुवन उपाध्यक्ष, कैलाशमान श्रेष्ठ सचिव, सरस्वती बुढा सहसचिव तथा अर्मिला रोकाय कोषाध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ।

यसैगरी सदस्यहरूमा रज्जब अली बागवान, गोविन्द प्रसाद धोबी, संम्झना विक र रेखा कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनले आगामी तीन वर्षका लागि संस्थाको नेतृत्व तथा सामाजिक सचेतना, मानव अधिकार, समावेशी विकास र समुदायमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ।
अधिवेशनमा सहभागी वक्ताहरूले सामाजिक रूपान्तरण, नागरिक सचेतना अभिवृद्धि तथा समुदायको दिगो विकासमा स्याक बाँकेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष बबिता सिंहले संस्थाको उद्देश्यअनुसार सामाजिक उत्तरदायित्व, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा समुदायका विविध सरोकारका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

]]>
https://nayapradesh.com/2026/09/06/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%9e%e0%a5%8d/feed/ 0
ब्याकयार्ड क्याफे सञ्चालनमा https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/#respond Fri, 04 Sep 2026 07:09:38 +0000 https://nayapradesh.com/?p=1193 नेपालगञ्ज, १९ भदौ ।
नेपालगञ्जको करकाँदो क्षेत्रमा स्थापना गरिएको द ब्याकयार्ड क्याफे (सेप्टेम्बर ४, २०२६) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। क्याफेले आफ्नो भव्य उद्घाटन समारोहको आयोजना गर्दै स्थानीय समुदाय, व्यवसायी, युवा तथा कफी पारखीहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।
क्याफेका अनुसार उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। स्वादिष्ट परिकार, उत्कृष्ट कफी, मनोरञ्जनात्मक वातावरण तथा प्रत्यक्ष सांगीतिक प्रस्तुति क्याफेको मुख्य आकर्षण रहने जनाइएको छ।
क्याफे व्यवस्थापनले “गुड कफी, गुड फुड, गुड म्युजिक, गुड टाइम्स” भन्ने अवधारणासहित ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति साँझ ६ः३० बजेदेखि सुरु हुने बताइएको छ।
नेपालगञ्जको करकाँदोस्थित द ब्याकयार्ड क्याफेले आरामदायी वातावरणमा गुणस्तरीय कफी, स्वादिष्ट भोजन तथा मनोरञ्जनलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्य लिएको जनाएको छ।
क्याफे व्यवस्थापनले उद्घाटन समारोहमा उपस्थित भई नयाँ यात्राको हिस्सा बन्न सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

]]>
https://nayapradesh.com/2026/09/04/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/feed/ 0
कांग्रेस बाँकेद्वारा प्रेस युनियन, डिएलए र उद्योगी व्यवसायीका नेतृत्व सम्मानित https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Tue, 01 Sep 2026 13:38:23 +0000 https://nayapradesh.com/?p=1190 नेपालगन्ज संवाददाता, १६ भदौं
नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।
नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति नारायण प्रसाद गौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
गत भदौ ६ गते सम्पन्न नेपाल प्रेस युनियन बाँकेको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमल खत्री नेतृत्वको जिल्ला कार्यसमिति, प्रदेश तथा संघीय पार्षदहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। साथै, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनमार्फत विभिन्न जिम्मेवारीमा निर्वाचित व्यक्तिहरूलाई पनि सम्मान गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले नेपाली कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रियता र प्रभावकारी भूमिकाले पार्टीलाई जनस्तरसम्म थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यशैली र योगदानले पार्टीको प्रतिष्ठा तथा जनविश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
“निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यहाँहरूको गतिविधि, नेतृत्व र कर्मले पार्टीको गौरव तथा सम्मान वृद्धि गर्नेछ भन्ने विश्वास लिएका छौं,” सभापति गौडेलले भन्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाल प्रेस युनियन, डिएलए तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संगठनबाट निर्वाचित प्रतिनिधिहरूले कांग्रेसको विचार, नीति तथा कार्यक्रमलाई समाजका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक संस्थाका प्रतिनिधि तथा सम्मानित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्वारा रु. ५१ हजार सहयोग https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/ https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/#respond Tue, 01 Sep 2026 12:57:38 +0000 https://nayapradesh.com/?p=1185 नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैठकले निर्णय गरे लगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन, पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ ।

विपद्को दुःखद् र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महासंघले यसअघि भदौ २१ गते आइतबार आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ (पत्रकार महिलाहरूलाई दर खुवाउने) कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ ।

उत्सव भन्दा मानवीय सहयोग, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित तीज कार्यक्रमका लागि छुट्याइएको रकममा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिको तर्फबाट थप रकम समेत गरी कुल रु. ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी, भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणमा सहजता प्रदान गर्न नवीकरणको समयावधि थप गरिएको छ । यसअघि भदौ १५ गतेसम्म रहेको सदस्यता नवीकरणको अन्तिम म्याद थप १५ दिन बढाउँदै भदौ मसान्तसम्म कायम गर्ने निर्णय बैठकले गरेको छ । महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा बैठकका निर्णयहरूबारे जानकारी दिइएको छ ।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/feed/ 0
रसुवा बाढीपीडितका लागि मोहम्मदपुरका मस्जिद, मुस्लिम समाज र इसाई समाजद्वारा रु. ६ लाख २३ हजारभन्दा बढी सहयोग https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/ https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/#respond Tue, 01 Sep 2026 11:27:03 +0000 https://nayapradesh.com/?p=1182 बर्दिया १६ भदौ । रसुवा जिल्लामा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिका–११ र १२ स्थित मोहम्मदपुरका मस्जिदहरू, मुस्लिम समाज तथा इसाई समाजले उल्लेखनीय आर्थिक सहयोग गरेका छन्।
मंगलबार आयोजित एक कार्यक्रममा मोहम्मदपुरका विभिन्न मस्जिदहरू तथा मुस्लिम समाज गुलरिया–११ र १२ का तर्फबाट संकलित रु. २ लाख २ हजार ७ सय ८६ तथा इसाई समाज बर्दिया का तर्फबाट संकलित रु. ४ लाख २० हजार ५ सय ८० गरी जम्मा रु. ६ लाख २३ हजार ३ सय ६६ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा हस्तान्तरण गरिएको हो।
संकलित रकम सम्बन्धित प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका हुन्। बाढीपीडितहरूको दुःखमा साथ दिन तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने मानवीय भावनासहित उक्त रकम संकलन गरिएको आयोजक पक्षले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विपद्को समयमा समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोगको भावना अझ सुदृढ भएको बताएका थिए।
बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा सहयोग पुग्ने विश्वासका साथ संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae/feed/ 0
गुरदायलपुरको विद्यालय सडक हिलाम्मे, विद्यार्थीलाई सास्ती https://nayapradesh.com/2026/09/01/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a4%a1/ https://nayapradesh.com/2026/09/01/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a4%a1/#respond Tue, 01 Sep 2026 07:38:25 +0000 https://nayapradesh.com/?p=1177 बाँके भदौं १६ । बैजनाथ गाउँपालिका–८, गुरदायलपुर गाउँमा विद्यालय जाने सडक वर्षाका कारण हिलाम्मे भएपछि विद्यार्थी तथा स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । सडक हिलाम्मेका कारण बिद्यालयसम्म आवतजावत् गर्न निकै कठिनाइ भइरहेको कक्षा ५ मा अध्ययनरत् बिद्यार्थी रिहाना थारुले बताइन् ।
गाउँबाट करिब एक किलोमिटर दूरीमा रहेको लक्ष्मी प्राथमिक विद्यालय करिब एक सय बढी बिद्यार्थी अध्ययनरत् रहेका छन् । वर्षाका कारण सडक हिलाम्मे र जीर्ण बनेकोपछि बिद्यार्थी र स्थानीयलाई निकै सास्ती भएको स्थानीय युवा अगुवा पवन कुमार थारुले बताए । उहाँका अनुसार, वर्षायाममा उक्त बाटोको अवस्था झनै खराब हुने गरेको छ । सडक व्यवस्थित नहुँदा गाउँका विद्यार्थी मात्रै नभई दैनिक आवतजावत गर्ने स्थानीय नागरिकसमेत लामो समयदेखि समस्यामा छन्। “विद्यालय जाने मुख्य बाटो नै मर्मम नभएपछि बालबालिकालाई नियमित विद्यालय जान निकै समस्या भइरहेको छ,” उनले भने ।
स्थानीयवासीका अनुसार बाटोको समस्या समाधानका लागि वडा तथा गाउँपालिकाका जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आए पनि हालसम्म अपेक्षित पहल हुन नसकेको गुनासो गरेका छन्। जनप्रतिनिधिहरूलाई समस्याबारे जानकारी हुँदाहुँदै पनि विद्यालय जाने सडक मर्मत तथा स्तरोन्नतिमा चासो नदिएको गाउँका बरघर राज कुमार थारुको आरोप छ।
सडक मर्मतका बिषयमा बैजानाथ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भग्गन थारुसंग यस बिषयमा बुभ्‌mदा वडा भित्रको सडक मर्मतका लागि ३ लाख बजेट बिनियोजन भएको बताउनुभयो । गएको साउन महिनामै सडक मर्मत गर्ने भने पनि चालु आर्थिक बर्षको निर्माण समाग्रीको जिल्ला दर रेट नआएकाले ढिलाई भएको बताउनुभयो । अहिले पालिकामा बुभ्‌mदा जिल्ला दर रेट आईसकेकाले प्रमुख प्रशासकिय अधिकृतसंग समन्वय गरेर एक हप्ता भित्रमा सडक मर्मत कार्य अगाडी बढाउने वडा अध्यक्ष थारुले जानकारी दिए ।
बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएकाले विद्यालय जाने बाटोको अवस्थाप्रति तत्काल ध्यान दिनुपर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधे श्याम थारुको भनाई छ । सम्बन्धित वडा तथा गाउँपालिका कार्यालयले स्थलगत अनुगमन गरी बालबालिकालाई सुरक्षित र सहज रूपमा विद्यालय पुग्ने वातावरण बनाउन आवश्यक कदम चाल्न उनले आग्रह गरेका छन्।
बैजानाथ गाउँपालिका र वडासंग सडक मर्मतका सडक मर्मतका लागि गुरदायपुरका स्थानीयवासी निम्ननुसारको माग रहेको छः
बालबालिका विद्यालय जान भइरहेको वास्तविक समस्या तत्काल पहिचान गरी समाधान गरिनुपर्ने। विद्यालय जाने बाटोमा आवश्यकताअनुसार ग्राभेल, माटो पुर्ने तथा सडक स्तरोन्नतिको काम अघि बढाइनुपर्ने । सडकमा जम्ने पानीको समस्या समाधान गर्न उचित पानी निकासको व्यवस्था गरिनुपर्ने । बालबालिकाको नियमित पठनपाठनमा बाधा नपर्ने गरी तत्काल वैकल्पिक तथा दीर्घकालीन समाधान खोजिनुपर्ने।
स्थानीयवासीले बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयलाई सामान्य रूपमा नलिई तत्काल स्थलगत अनुगमन गरी विद्यालय जाने बाटो सुधारको काम अघि बढाउन बैजनाथ गाउँपालिका र वडा कार्यालयसँग आग्रह गरेका छन्।

]]>
https://nayapradesh.com/2026/09/01/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a4%a1/feed/ 0
बाढीपीडितको राहतका लागि १८ मस्जिदबाट संकलित रु. १ लाख ५८ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/#respond Mon, 31 Aug 2026 08:44:23 +0000 https://nayapradesh.com/?p=1173

नेपालगञ्ज १५ बाँके । रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उलमा फाउन्डेसन नेपाल, शाखा जिल्ला बाँकेको संयोजनमा १८ वटा मस्जिदबाट संकलित रु. १ लाख ५८ हजार २३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेको पहलमा विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट स्वेच्छिक रूपमा संकलित उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। संकलन अभियानअन्तर्गत गणेशपुर, परसपुर, जमुनाहा, बिर्ता, जानकी, मनपुर, चिल्किया, नरैनापुर, डुडुवा, फत्तेपुर, सुर्खेतपुर्वा लगायत क्षेत्रका १८ मस्जिदबाट सहयोग जुटाइएको थियो।
राहत संकलन तथा हस्तान्तरण कार्यक्रम फाउन्डेसनका अध्यक्ष मौलाना मोहम्मद नसीरुद्दीन अन्सारीको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले विपद्को समयमा मानवता, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई अझ सुदृढ बनाउन सबै समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। साथै सहयोग गर्ने सम्पूर्ण मस्जिद, इमाम, व्यवस्थापन समिति तथा दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी तथा विपद्पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
उलमा फाउन्डेसन नेपाल शाखा जिल्ला बाँकेले धार्मिक तथा सामाजिक संस्थाहरूको सहकार्यबाट संकलित रकम पारदर्शी रूपमा सरकारी राहत कोषमा जम्मा गरेर मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाएको छ। फाउन्डेसनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहललाई विपद्को समयमा धार्मिक संस्थाहरूको सक्रियता, सामाजिक एकता र मानवीय सेवाको सकारात्मक नमूनाका रूपमा हेरिएको छ।

]]>
https://nayapradesh.com/2026/08/31/%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/feed/ 0