स्थानीय खबर – नयाँ प्रदेश https://nayapradesh.com Local news Mon, 20 Jul 2026 16:40:11 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/ https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/#respond Mon, 20 Jul 2026 16:40:10 +0000 https://nayapradesh.com/?p=965 नेपालगञ्ज, साउन ४ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
महासंघको असार १४ गते सम्पन्न १०औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट मन भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी सम्हालेको हो ।
पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण साझेदार भएकाले महासंघलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले सदस्य संस्थाहरूको क्षमता विकास, नीति वकालत, सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
महासंघ बाँके शाखाका पूर्व अध्यक्ष तेजविक्रम शाहले महासंघले विगतदेखि स्थापना गरेको संस्थागत गरिमा र विश्वसनीयतालाई अझ मजबुत बनाउनुपर्ने  बताए । उनले अनुभव र नयाँ ऊर्जाको समन्वय गर्दै सबै सदस्य संस्थालाई समेटेर अघि बढ्नुपर्ने तथा महासंघलाई जिल्लाको साझा नागरिक संस्थाको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष मन भण्डारीले आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्य संस्था तथा प्रतिनिधिप्रति आभार व्यक्त गर्दै महासंघलाई सबै सदस्य संस्थाको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सदस्य संस्थाहरूको हक–हित संरक्षण, संस्थागत क्षमता अभिवृद्धि, नीति तथा वकालत, सुशासन प्रवद्र्धन र स्थानीय सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै महासंघलाई थप सक्रिय र प्रभावकारी बनाउने बताए ।
निर्वाचन समितिका संयोजक केशव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य हेमराज भट्टले गरेका थिए ।

]]>
https://nayapradesh.com/2026/07/20/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98/feed/ 0
बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/ https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/#respond Tue, 14 Jul 2026 12:46:27 +0000 https://nayapradesh.com/?p=955 बाँके ३० असार । स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । स्वतन्त्र चालक संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रेशम कुमार जैशीको अध्यक्षतामा बसेको स्वतन्त्र चालक संघ नेपाल जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्व सागर परियारलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै भेलाले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू समेत चयन गर्दै जिल्लामा संस्थाको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नवगठित समितिको उपाध्यक्षमा तिलक बहादुर विक, सचिवमा प्रकाश बोहरा, सह सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा दिल बहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदिप परियार, श्रवण विक, हिरा बहादुर सुनार, राम प्रवेश थारु रहेका छन् । बैठकमा संस्थाको उद्देश्यअनुसार जिल्लामा संगठन सुदृढीकरण, सदस्य विस्तार तथा सेवामूलक गतिविधि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । बैठकले बाँके जिल्लामा कार्यालय स्थापना गरी संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने तथा साउन १० गतेभित्र पूर्ण कार्यसमिति विस्तार गर्ने निर्णयसमेत गरेको जनाएको छ । जुनसुकै चालकलाई केही समस्या परे हामी एकमन एकताका साथ सहकार्य र सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्वतन्त्र चालक संघ नेपाल बाँकेका पनि गठन गरिएको अध्यक्ष विश्व सागर परियारले बताउनुभयो ।

]]>
https://nayapradesh.com/2026/07/14/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b8/feed/ 0
स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/ https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/#respond Sun, 12 Jul 2026 15:43:19 +0000 https://nayapradesh.com/?p=952 नेपालगन्ज २८ असार । पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।
क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिकामा बाल मैत्री घोषण र दिगोपन व्यवस्थापनका लागि रणनितीक योजना बनाउन आवश्यक रहेको प्रशिक्षक खनालले बताउनुभयो । प्रशिक्षक खनालले बालवालिकाको हितमा काम गर्न योजना, निती, संरचना र कार्यप्रक्रिया (व्यवहार) अपरिहार्य रहेको बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगरले जानकी गाउँपालिकालाई बालमैत्री र पोषण मैत्री स्थानिय शासन लागु गर्न पालिकाका शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी तथा स्वच्छता, पशुपंक्षी क्षेत्रका सरोकारवाला एकवद्ध भएर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । जानकीमा बालवालिका र पोषण मैत्री बनाउन सबै जना हातेमालो गर्न अति आवश्यक रहेको बताउनुभयो ।
जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया कार्यक्रम तथा प्रचारप्रसार व्यापक गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जानकीमा शिक्षाको कमिले बालमैत्री तथा पोषण मैत्री पालिका हुन नसकेको सहभागि सरोकारवालानिकायले बताएका छन् । तालिममा बाल मैत्री र पोषण मैत्री स्थानिय शासनका ५१ र ४९ सूचकहरु छलफल गरि योजना बनाईएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा बालमैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनमा देखिएका चुनौतीहरूको बारेमा छलफल गराइएको थियो । ३ दिने तालिमको समापन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासी, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

]]>
https://nayapradesh.com/2026/07/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%be/feed/ 0
पोषणलाई प्राथमिकतामा राख्न शिक्षा, स्वास्थ्य र जनचेतनामा जोड दिन आवश्यक https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/ https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/#respond Thu, 09 Jul 2026 10:00:33 +0000 https://nayapradesh.com/?p=939 नेपालगन्ज २५ असार । बाँकेको जानकी गाउँपालिकामा पोषण सुधार तथा कुपोषण न्यूनीकरणका उपायबारे सरोकारवालाबीच बिहीबार व्यापक छलफल गरिएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा पौवा होटलमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाले पोषणसम्बन्धी चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले कुपोषण अझै पनि बालबालिका तथा समुदायको स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दिगो पोषण सुधारका लागि स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पोषणसम्बन्धी नियमित संवाद र सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी सामाजिक विकास मञ्च बाँकेका एनसिजी अफिसर विवेक मलासीले नेपालमा पोषणको वर्तमान अवस्था, कुपोषणका जोखिम, सुधारिएको पोषणका सकारात्मक परिणाम तथा कुपोषण न्यूनीकरणका व्यावहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमार्फत जानकी गाउँपालिकाको समुदायस्तरमा देखिएका पोषणसम्बन्धी चुनौतीहरूको पहिचान गराइएको थियो । साथै तत्काल कार्यान्वयन गर्नुपर्ने प्राथमिकता, स्थानीय स्रोत–साधनको उपयोग र दीर्घकालीन रूपमा पोषण सुधारका लागि अपनाउनुपर्ने रणनीतिबारे समेत सुझाव संकलन गरिएको थियो ।

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पोषणलाई पालिका विकासको प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक एकता र जनचेतनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कुपोषण न्यूनीकरणका लागि सबै पक्षको समन्वय र सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका थिए ।

]]>
https://nayapradesh.com/2026/07/09/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96/feed/ 0
जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग https://nayapradesh.com/2026/07/07/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b7-%e0%a4%b8/ https://nayapradesh.com/2026/07/07/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b7-%e0%a4%b8/#respond Tue, 07 Jul 2026 14:39:09 +0000 https://nayapradesh.com/?p=931 नेपालगन्ज २३ असार । बाल संरक्षण कोष स्थापनाको लागि एक लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको छ । जानकी गाउँपालिकाका बालवालिकाहरुको उत्थानका लागि सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले १ लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको हो ।
चेक हस्तान्त्रण कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगर, र वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी लगायतको उपस्थितिमा बाल संरक्षण कोषका लागि चेक हस्तान्त्रण गरिएको सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहाले राज्यले गर्नुपर्ने कार्य संघसंस्थाले गर्दै आएको प्रति स्रहानिय कार्य रहेको बताउनुभयो । जानकी गाउँपालिकामा बाल संरक्षण कोष स्थापना गर्नका लागि राज्यको दायित्व भए पनि संघ संस्थाहरुको सहकार्य गरेको प्रति आभारी भएको भन्दै कोषलाई थप गरि कोषको स्थापना गर्न सहकार्य गर्दै अगाडी बढ्ने गाहाले जानकारी गराउनुभयो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले जोखिममा रहेका बालवालिकालाई यो कोषले राहत पुग्ने बताउनुभयो । साथै जानकीमा संचालित हातेमालो परियोजनाका अन्य क्रियाकलापबाट पनि अनाथ बालवालिका, सडक बालवालिका साथै आरसी बालवालिकालाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष परियोजनाले सहयोग गरेको जिल्ला संयोजक केसीले बताउनुभयो ।
जानकीमा रहेका जोखिममा परेका बालवालिकाहरुको तथ्याङक संकलन गरि दस्तावेजिकरण समेत गरिने उहाँले जानकारी गराउनुभयो ।
आमा, बुवा वा अभिभावक विहिन अनाथ बालबालीका, कानुनी विबादमा परेका बालबालीका मध्य बैकल्पीक हेरचाहका लागि सिफारिस बालबालीका, बाबुआमा वा सौतेनीआमा अभिभावकबाट दुर्बयबहार, हिंसा वा ब्यवस्था भएको कारणले बालबालीकाको उच्चतम हितका लागि परिवारबाट अलग गरीएका बालबालीका, जवरजस्ती वा बधुवा प्रकृतिका वा जोखीमपुर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलीत कानुन विपरीत श्रममा संलग्न वा धुम्रपान मद्यपान एवं अन्य लागु औषधको कुलतमा फसेका एच. आई .भी संक्रमित बालबालीका, गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्याका कारण जीवन जोखिममा रही बाबु आमा वा परिवारबाट उपचारको ब्यवस्था हुन नसकेको वा सामान्य जीवन यापन गर्न कठीनाई भएका बालबालीका, बालबालीका विरुद्धको हिंसा वा बाल यौन दुब्र्यवहारबाट पीडित भएका वा त्यस्तो जोखीममा रहेका बालबालीकाहरुका लागि यो कोषले ठुलो राहत प्रदान गरिने सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले जानकारी गराउनुभयो । यस्तै बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेले १ लाख प्रदान गरेको छ भने जानकी गाउँपालिकाले ५० हजार थप गरि १ लाख ५० हजारको बाल संरक्षण कोष स्थापना गरिने पालिकाले जनाएको छ ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b7-%e0%a4%b8/feed/ 0
नेपालगञ्जमा एलजीबीटीआईक्यू+ विषयमा पत्रकार अभिमुखीकरण सम्पन्न https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/ https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/#respond Tue, 07 Jul 2026 14:33:13 +0000 https://nayapradesh.com/?p=923 बाँके २३ असार । यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू+) समुदायसम्बन्धी नैतिक, समावेशी तथा मानवअधिकारमा आधारित पत्रकारिताबारे पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) को आयोजनामा तथा युरोपियन युनियन र डीसीए नेपालको सहयोगमा सञ्चालन भएको ‘प्राइड प्रोजेक्ट’ अन्तर्गत उक्त कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो।
कार्यक्रममा एलजीबीटीआईक्यू+ समुदायका विषयमा समाचार सम्प्रेषण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने, व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्न नहुने तथा भेदभाव, हिंसा र पूर्वाग्रहलाई बढावा नदिने गरी जिम्मेवार पत्रकारिता गर्नुपर्ने विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालका ‘प्राइड प्रोजेक्ट’ अफिसर मनिला न्यौपाने, ट्रान्स महिला सिम्रन शेरचन तथा पश्चिम तारा नेपाल नेपालगञ्जकी प्रमुख एवं यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी परिना चौधरीले विषयगत प्रस्तुति दिनुभएको थियो।

सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई समुदायका अधिकार, समावेशी रिपोर्टिङ, ‘डु नो हार्म’ सिद्धान्त तथा समाचार लेखनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। समाचार तयार गर्दा व्यक्तिको यौनिक तथा लैंगिक पहिचानलाई अनावश्यक रूपमा मुख्य विषय नबनाई उनीहरूको अधिकार, सेवा–सुविधामा पहुँच, कानुनी अवस्था, चुनौती तथा उपलब्धिलाई प्राथमिकता जोड दिनुभयो ।

अभिमुखीकरणमा समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्पष्ट सहमति लिएर मात्र नाम, तस्बिर, भिडियो वा पहिचान खुल्ने विवरण प्रयोग गर्नुपर्ने बताइएको थियो। व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्दा उसको व्यक्तिगत सुरक्षा, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा असर पर्न सक्ने भएकाले गोपनियताको सम्मान गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमले समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औँल्याएको थियो भने यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक माया मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%b2%e0%a4%9c%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%95/feed/ 0
साइकलमा २५ वर्षदेखि घुमेर रिपोर्टिङ गर्दै  पत्रकार ठाकुर https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/ https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/#respond Tue, 07 Jul 2026 08:32:38 +0000 https://nayapradesh.com/?p=909 नेपालगन्ज २३ असार । बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्म लिएका पत्रकार दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकलमा चढेर ठाउँ ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका छन् ।

ठाकुर बाँके जिल्ला विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका एक परिचित युवा पत्रकार तथा सामाजिक अभियन्ता समेत  हुन् । उनी लामो समयदेखि पश्चिम नेपालको पत्रकारिता, मानव अधिकार र सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहेर क्रियाशील रहिरहेका छन् ।

२०५४ सालदेखि बाल भित्ते पत्रिकामा गीत, गजल, गाउँ घरका घटनाहरु चार्ट पेपरमा लेखेर पत्रकारिता सुरु गरेका ठाकुरले २०६२/६३ सालदेखि नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेस वाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिक थुप्रै पत्रपत्रिकामा काम गरेका ठाकुरले विगत १३ वर्षदेखि भने लोकप्रिय सन्देश दैनिक पत्रिका र सहारा अनलाइनमा काम गरिरहेका छन् ।

उनले  साँगरमाथा टेलिभिजन , नेपाल वन टेलिभिजन , पश्चिमी सराेकार दैनिक , नव मधेश जागर हिन्दी दैनिक ,सराखबर डट . कम, लाेकपिय सन्देश दैनिक मधेशवाणी लगायतका सञ्चार माध्यमहरूमा आबद्ध भई राजनीति, समाज, पर्यटन र समसामयिक मुद्दाहरूमा कलम चलाउँदै आएका छन् ।
उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचित कार्यसमिति सदस्य हुन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा उनी कार्यसमिति सदस्य पदमा विजयी भएका थिए ।

ठाकुर  नेपालगञ्जमा क्रियाशील तत्कालीन प्रेस चाैतारी बाँके,प्रेस सङ्गठन बाँकेको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत मनोनित भई व्यावसायिक हकहितका लागि सक्रिय रहेका थिए । उनी बाँके जिल्लामा इमानदार पत्रकारको रुपमा चिनिन्छन् ।

पत्रकार ठाकुर  पत्रकारिताका साथ साथै उनी मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी मानव अधिकारवादी संस्था मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका छन् ।

सामाजिक कार्यहरूमा युवाहरूको सहभागिता बढाउन स्थापना गरिएको नेपाल युवा क्लब बाँकेको अध्यक्षका रूपमा समेत सर्वसम्मत चयन भई सामाजिक क्षेत्रको नेतृत्व गरिरहेका छन् ।
समग्रमा, दिनेश ठाकुर बाँके र नेपालगञ्ज क्षेत्रको पत्रकारिता, मानव अधिकार रक्षा र सामाजिक अभियानहरूमा अग्रसर रहने एक ऊर्जावान् व्यक्तित्व हुन् ।

]]>
https://nayapradesh.com/2026/07/07/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%87/feed/ 0
सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/#respond Fri, 03 Jul 2026 09:14:10 +0000 https://nayapradesh.com/?p=895 नेपालगञ्ज १९ असार । सञ्चारकर्मीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे ।

उक्त कार्यक्रममा कर प्रणाली, करदाताको दायित्व, राजस्व संकलनको अवस्था तथा करसम्बन्धी समसामयिक विषयमा छलफल गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूले करसम्बन्धी जानकारी प्रदान गर्दै कर सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। कार्यक्रममा कर प्रणालीलाई थप प्रभावकारी र जनमैत्री बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्‍याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारी, सञ्चारकर्मी तथा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

]]>
https://nayapradesh.com/2026/07/03/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/feed/ 0
नेपालगञ्ज १९ नम्बर वडा कार्यालय आ.व.२०८३/०८४ को योजना छनौट तथा वडा भेला कार्यक्रम सम्पन्न https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/ https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/#respond Thu, 18 Jun 2026 06:46:16 +0000 https://nayapradesh.com/?p=852 बाँके ०४ असार । नेपालगञ्ज उपमहानगरपालिका १९ नम्बर वडा कार्यालय आ.व.२०८३/०८४ को योजना छनौट तथा वडा भेला कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०८३/०८४ को लागि वार्षिक योजना तर्जुमा प्रस्ताव संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । वडा कार्यालय नजिक रहेको बाबाकुट्टीमा भएकाे भेलामा वडा सचिव तेजेन्द्र रोकायाले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का लागि १ करोड १ लाख ४५ हजार १ सयको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सचिव रोकायाले आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष परसराम कुर्मीले स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर आगामी कार्यक्रम र योजना तय गरिने स्पष्ट पारे । उक्त कार्यक्रममा वडा सदस्य राम सुहावन कुर्मी , अमृता कुमारी सिंह , सुनिता कोरी ,जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, नागरिक समाजका अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, नाला निर्माण, सरसफाई, बत्ती व्यवस्थापन, स्वास्थ्य, लागूऔषध आदि विषय प्राथमिकतामा राख्न माग गरिएको छ भने कार्यक्रम वरिष्ठ प्रशासन सहायक मनोज कुमार रिजालले सञ्चालन गर्नुभएको थियो ।

]]>
https://nayapradesh.com/2026/06/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a5%a7%e0%a5%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be/feed/ 0
गुल्जार–ए–अदबको तरही मुशायरा गोष्ठी सम्पन्न https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/ https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/#respond Sat, 13 Jun 2026 14:02:55 +0000 https://nayapradesh.com/?p=843 नेपालगञ्ज, जेष्ठ ३० । उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदब द्वारा आयोजित ५ सय ९८औँ श्रृंखलाको तरही मुशायरा गोष्ठी आज नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सभा हलमा सम्पन्न भएको छ ।

संस्थाका संरक्षक वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथि तथा “हयात नेपाली” विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

गोष्ठीमा मिसरा–ए–तरह “राज़-ए-दिल अब के सरेआम छुपाया जाए” मा आधारित रही सहभागी शायरहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

मुशायरामा प्रस्तुत गजलहरूले प्रेम, संवेदना, सामाजिक यथार्थ तथा मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक ढंगले अभिव्यक्त गरेका थिए।

कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, मुस्तफा अहसन कुरैशी ‘अहसन’ (अध्यक्ष, गुल्जार–ए–अदब), हयात नेपाली, इस्माइल अन्सारी, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, आसिम सरवर, शाहिदा शाह ‘वाहिदी’ तथा जियाउल हक हल्वाई लगायतका शायरहरूले गजल वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि अब्दुल लतीफ ‘शौक’ ले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै संस्थाका सम्पूर्ण शायर तथा साहित्यप्रेमीहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमहरूले उर्दू भाषा, साहित्य र शायरीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि निरन्तरताका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

गुल्जार–ए–अदबले विगत लामो समयदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ। संस्थाको यो निरन्तर प्रयासले नेपालगञ्जमा उर्दू साहित्यिक वातावरणलाई थप सशक्त बनाउँदै आएको साहित्यप्रेमीहरूको भनाइ रहेको छ।

कार्यक्रममा बब्बु फारुकी र राशिद कमाल लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गर्नुभएको थियो।

]]>
https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/feed/ 0