नयाँ प्रदेश https://nayapradesh.com Local news Sat, 13 Jun 2026 14:05:13 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 गुल्जार–ए–अदबको तरही मुशायरा गोष्ठी सम्पन्न https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/ https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/#respond Sat, 13 Jun 2026 14:02:55 +0000 https://nayapradesh.com/?p=843 नेपालगञ्ज, जेष्ठ ३० । उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदब द्वारा आयोजित ५ सय ९८औँ श्रृंखलाको तरही मुशायरा गोष्ठी आज नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सभा हलमा सम्पन्न भएको छ ।

संस्थाका संरक्षक वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथि तथा “हयात नेपाली” विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

गोष्ठीमा मिसरा–ए–तरह “राज़-ए-दिल अब के सरेआम छुपाया जाए” मा आधारित रही सहभागी शायरहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

मुशायरामा प्रस्तुत गजलहरूले प्रेम, संवेदना, सामाजिक यथार्थ तथा मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक ढंगले अभिव्यक्त गरेका थिए।

कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, मुस्तफा अहसन कुरैशी ‘अहसन’ (अध्यक्ष, गुल्जार–ए–अदब), हयात नेपाली, इस्माइल अन्सारी, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, आसिम सरवर, शाहिदा शाह ‘वाहिदी’ तथा जियाउल हक हल्वाई लगायतका शायरहरूले गजल वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि अब्दुल लतीफ ‘शौक’ ले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै संस्थाका सम्पूर्ण शायर तथा साहित्यप्रेमीहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमहरूले उर्दू भाषा, साहित्य र शायरीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि निरन्तरताका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

गुल्जार–ए–अदबले विगत लामो समयदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ। संस्थाको यो निरन्तर प्रयासले नेपालगञ्जमा उर्दू साहित्यिक वातावरणलाई थप सशक्त बनाउँदै आएको साहित्यप्रेमीहरूको भनाइ रहेको छ।

कार्यक्रममा बब्बु फारुकी र राशिद कमाल लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गर्नुभएको थियो।

]]>
https://nayapradesh.com/2026/06/13/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/feed/ 0
सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/ https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/#respond Fri, 12 Jun 2026 13:09:41 +0000 https://nayapradesh.com/?p=837 नेपालगन्ज, २९ जेठ
सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरूले धर्ना दिएका हुन् ।
२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ ।
सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धर्ना दिएको सचिव कृष्ण ओलीले बताए । धर्नामा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, शाखाका पूर्व अध्यक्षहरू लगायत पत्रकारहरूको सहभागिता थियो ।

धर्ना पश्चात् विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । बाँके शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर संकलन गरेको थियो ।

]]>
https://nayapradesh.com/2026/06/12/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a5%87%e0%a4%a6%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be/feed/ 0
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत https://nayapradesh.com/2026/06/12/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf/ https://nayapradesh.com/2026/06/12/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf/#respond Fri, 12 Jun 2026 02:11:30 +0000 https://nayapradesh.com/?p=831 दाङ २८ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो ।

नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा अब सो प्रक्रिया थप सहज बनाइएको छ ।

त्यसैगरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसले योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

अघिल्लो नियमावलीमा योजनाको नाम संशोधन गर्ने अवधि पुस मसान्तसम्म मात्र कायम रहेकामा नयाँ नियमावलीले उक्त समयसीमा चैत मसान्तसम्म पुर्‍याएको छ । यस व्यवस्थाले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाहरूको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध हुने भएको छ ।

प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी, पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

]]>
https://nayapradesh.com/2026/06/12/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf/feed/ 0
लुम्बिनी मन्त्रिपरिषद् बैठकः स्वास्थ्य मन्त्री घिमिरे सरकारको प्रवक्ता नियुक्त https://nayapradesh.com/2026/06/09/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac/ https://nayapradesh.com/2026/06/09/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac/#respond Tue, 09 Jun 2026 01:47:22 +0000 https://nayapradesh.com/?p=815 दाङ २५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेश भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नव नियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय पनि गरेको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ ।

]]>
https://nayapradesh.com/2026/06/09/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac/feed/ 0
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ https://nayapradesh.com/2026/06/08/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa/ https://nayapradesh.com/2026/06/08/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa/#respond Mon, 08 Jun 2026 06:00:32 +0000 https://nayapradesh.com/?p=811 दाङ २५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् ।

नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहनुभएको छ ।

तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जाेखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो ।

]]>
https://nayapradesh.com/2026/06/08/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa/feed/ 0
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/ https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/#respond Fri, 05 Jun 2026 13:23:07 +0000 https://nayapradesh.com/?p=806 दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे ।

लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धनमा विशेष ध्यान दिइने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण तथा समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समाज परिवर्तन र विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सिर्जनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति पनि सचेत हुन युवालाई आग्रह गर्नुभयो । समाज रूपान्तरण, सुशासन प्रवर्द्धन तथा समृद्ध समाज निर्माणका लागि युवाले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले युवा पुस्ताको ऊर्जा, सीप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । युवालाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने समेत उहाँले बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जितकुमारी बेल्वासे (सुशीला) को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय शिक्षा, सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धिमार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, यूनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

]]>
https://nayapradesh.com/2026/06/05/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/feed/ 0
वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/ https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/#respond Fri, 05 Jun 2026 04:46:34 +0000 https://nayapradesh.com/?p=803 दाङ २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोरमैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताउनुभयो । मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथाने कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण पोखरी निर्माण तथा वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरणमैत्री व्यवहार अपनाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।
विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

]]>
https://nayapradesh.com/2026/06/05/%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%b8%e0%a4%be/feed/ 0
स्वास्थ्यमन्त्री सारुद्वारा साइनिङ अस्पतालको अवलोकन, कुष्ठरोग सेवाको प्रभावकारिता बढाउन जोड https://nayapradesh.com/2026/06/04/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d/ https://nayapradesh.com/2026/06/04/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d/#respond Thu, 04 Jun 2026 15:03:28 +0000 https://nayapradesh.com/?p=799 नेपालगञ्ज, जेठ २० । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बाँकेको साइनेङ अस्पताल आईएनएफ नेपालको अवलोकन भ्रमण गर्दै अस्पतालबाट कुष्ठरोग प्रभावित बिरामीहरूलाई प्रदान गरिँदै आएका स्वास्थ्य सेवाको अवस्था, उपलब्ध सुविधा तथा चुनौतीबारे जानकारी लिनुभएको छ।

अवलोकनका क्रममा मन्त्री सारुले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुका साथै बिरामी तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। उहाँले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

अस्पतालले प्रदान गरिरहेको सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै मन्त्री सारुले सेवा प्रवाहलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन आवश्यक सहयोग तथा समन्वयका लागि प्रदेश सरकार सधैँ तयार रहेको उल्लेख गर्नुभयो। साथै, मानव सेवामा समर्पित स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै उहाँले आफ्नो सीप, दक्षता र सेवाभावमार्फत बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने भएकाले समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।

अस्पताल प्रमुख मङ्गलबहादुर चौधरी तथा परियोजना संयोजक अभिषेकले मन्त्रीलाई अस्पतालले हाल प्रदान गरिरहेका सेवा, संस्थागत प्रगति तथा सञ्चालनका क्रममा सामना गरिरहेका चुनौतीबारे जानकारी गराउनुभएको थियो।

भ्रमणपछि मन्त्री सारु तथा प्रदेशसभा सदस्य बसन्ती अधिकारीले कुष्ठरोग प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका समुदायलाई उपचार सेवाको दायराभित्र ल्याउन सम्बन्धित निकायबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँहरूले मानव सेवाको क्षेत्रमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

आईएनएफ नेपालका कार्यकारी निर्देशकले नेपाल सरकारको ‘शून्य कुष्ठरोग २०३०’ रणनीतिलाई आत्मसात् गर्दै संस्थाले हरियो खर्क अस्पताल पोखरा, साइनेङ अस्पताल सुर्खेत तथा विभिन्न जिल्लामा सञ्चालित सामुदायिक परियोजनामार्फत कुष्ठरोगको पहिचान, निदान, उपचार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार साइनेङ अस्पताल बाँकेलाई स्तरोन्नति गरी कुष्ठरोग विशेषज्ञ सेवा केन्द्र तथा एनटीडी ९ल्भनभिअतभम त्चयउष्अब िम्ष्कभबकभक० हबका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार निर्माण तथा विकासका कार्य अगाडि बढाइएको छ। उक्त योजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकार, स्थानीय तह, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशकले अस्पतालको अवलोकन गरी रचनात्मक सुझाव तथा हौसला प्रदान गर्नुभएकोमा स्वास्थ्य मन्त्री, प्रदेशसभा सदस्य तथा उपस्थित सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

अवलोकन भ्रमण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख तथा अन्य सरोकारवाला प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

]]>
https://nayapradesh.com/2026/06/04/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d/feed/ 0
लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ मन्त्रीको नियुक्तिको प्रक्रिया अघि बढ्यो https://nayapradesh.com/2026/06/03/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ae/ https://nayapradesh.com/2026/06/03/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ae/#respond Wed, 03 Jun 2026 14:08:33 +0000 https://nayapradesh.com/?p=796 दाङ २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारुतथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले मन्त्रिहरुको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ । मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।
सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ ।

]]>
https://nayapradesh.com/2026/06/03/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ae/feed/ 0
बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य https://nayapradesh.com/2026/05/29/%e0%a4%ac%e0%a4%95%e0%a4%b0-%e0%a4%88%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%b0/ https://nayapradesh.com/2026/05/29/%e0%a4%ac%e0%a4%95%e0%a4%b0-%e0%a4%88%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%b0/#respond Fri, 29 May 2026 03:10:50 +0000 https://nayapradesh.com/?p=792 दाङ १४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति, भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्नामार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले बकर ईदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ ।

]]>
https://nayapradesh.com/2026/05/29/%e0%a4%ac%e0%a4%95%e0%a4%b0-%e0%a4%88%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%b0/feed/ 0