अनेमसंघ (क्रान्तिकारी) को बिज अभियान अाजबाट सुरू ।घोडाघोडिमा पनि ज्ञापनपत्र पेश
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कैलालीले घोडाघोडी नगरपालिलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को बैठकले गरेको निर्णय अनुसार सोमबार घोडाघोडी नगरपालिलाई विभिन्न माग राख्दै ज्ञापन पत्र हो ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कैलालीका जिल्ला सचिव दुर्गा चलाउनेको टिमले घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । स्वास्थ्य संस्था,शिक्षण संस्था, विद्यालय,विश्वविद्यालयको वरपर निश्चित दुरी सम्म धु्रमपान,मद्यपान,जुवा तास निषेधित क्षेत्र घोषणा गर्नु पर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीहरूलाई आराम कक्ष, शौचालयको व्यवस्था, स्यानी टरी प्याडको सहज व्यवस्था,पालिका भित्रका हरेक माध्यमिक विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्था गर्नु पर्ने अनेमस (क्रान्तिकारी) को माग रहेको छ ।
यस्तै,आमाको नाम बाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गर्नु पर्ने, छोरा सहर छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था,लैङ्गिक उत्तरदायित्व बजेट १० प्रतिशत व्यवस्था गरी जनचेतना तालिम, सिप सिकाई आदिमा प्रयोग,महिला हिंसा मुक्त पालिका घोषण गरियोस्, स्थानीय तहमा अल्पकालिन सुरक्षित गृहको व्यवस्था, छोरीको लागी जन्मेपछि खाताको व्यवस्था र माध्यमिक शिक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने माग अघि रहेका छन् । यश संगै अाज देशभरिका विभिन्न जिल्लाहरूमा अनेमस क्रान्तिकारी ले ज्ञापन पत्र बुजाएको छ। अाज बाट सुरू भएको बिज अभियान ले देशभरिका महिलाका हक र अधिकारका पक्षमा र महिला हिसंा अन्त्य का बिषयमा सन्देश दिन खोजेको अनेमस क्रान्तिकारीका अध्यक्ष अमृताथापा मगरले जानकारी दिनुभयो।


