मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशमा बुझायो ज्ञापन पत्र
इमरान हुसेन कात्तिक-०८ / कपिलवस्तु जिल्ला कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत गठित मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मायादेवी गाँउपालिकामा रहेको ३३ वटा मदरसा र नेपालका सबै मदरसाहरुको अवस्था दयानिय रहेकोले सबै मदरसाहरुलाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाएको छ। मदरसाहरु पहिले गाउँघरबाट उठाएको चन्दा र मुठ्ठी दानबाट संचालन रहेकोले अहिले कोरोना महामारीका कारण उत्पन्न लकडाउनको समस्याले गर्दा मुठ्ठिदान उठाउने अवस्था पनि नरहेको र मदरसाका विभिन्न समस्याहरुको समाधानमा सहयोगको लागि प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ। हाल मदरसामा प्रदान गरिएको एकमुष्ठ रकम (रु.२,४१,०००/) एउटा सरकारी स्कूलको तलब स्केलसम्म पुर्याउन समेत गाह्रो भईरहेकोले मदरसाको भौतिक तथा आन्तरिक व्यवस्था गर्ने एकदमै गाह्रो रहेको कुरा मदरसा स्तरिय सघंका अध्यक्ष हिफजुर्रहमान मुसलमानले बताउनु भयो। हाल नेपालमा रहेका मदरसाहरुको अवस्था एकदमै नाजुक हुँदै गइरहेको छ।मदरसालाई प्रदेश सरकार र सघं सरकारको सहयोग अति आवश्यक रहेकोले यस मागलाई सम्बोधन गर्ने पर्ने कुरालाई मदरसा स्तरिय संघका सचिव रहमत अलि दर्जिले बताउनु भयो। ज्ञापन पत्रमा निम्न मागहरु गरिएको छ। १. मौलानाहरुको मार्क्सिटको मान्यता २. मदरसाहरुको पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्था ३. तहगत मदरसाको अनुमति पत्रको व्यवस्था ४. मदरसा संचालनको छुट्टै नियम तथा नियमावलीको व्यवस्था ५. सामुदायिक विद्यालय सरह मदरसाको लागि सेवा सुविधाको व्यवस्था( नि:शुल्क पाठ्यपुस्तक , छात्रावृत्तिको, दिवाखाजा, मसलन्द, प्रशासनिक खर्च तथा परिक्षण मदरसा सुधार योजनाको निर्माण खर्च ) ६.वार्षिक एकमुष्ठ अनुदान वृद्धि ७. मदरसाको भौतिक पूर्वाधारको व्यवस्था ८. मदरसामा राहत कोटाको व्यवस्था तथा मौलानाको नियुक्तिको व्यवस्था ९. छात्रावासको लागि विशेष व्यवस्था तथा थप अनुदान रकमको व्यवस्था १०. मौलानालाई उर्दु विषयको तालिमको व्यवस्था


