राजनीति

एमालेका नगर कमिटी सदस्य खरेल सहित नेता कार्यकर्ता माओवादीमा प्रवेश

२८ असार, ललितपुर । नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

एमाले परित्याग गरेका खरेल सहित दर्जन बढी नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका छन ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।