वादी समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा मतदाता शिक्षा शिक्षक तालिम सम्पन्न
साउन ३, नेपालगन्ज । नेपालगन्जमा स्थानिय तह निवार्चन २०७९ को निवार्चन बाट निर्वाचित वादी समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा मतदाता शिक्षा शिक्षक तालिम सम्पन्न गरिएको छ । सामाजिक सशक्तीकरण तथा रुपान्तरण कमिट नेपाल बाकेको आयोजना तथा राष्टिय वादी सन्जालको समन्वयमा निवार्चित जनप्रतिनिधि सम्मान सगै मतदाता शिक्षा शिक्षक तालिम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिती बाकेका संयोजक नरेन्द्र चौधरीले वादी समुदाय बाट निवार्चित भएका गाउँपालिका प्रमुख , वडा अध्यक्ष , वडा सदस्य लगायतका जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट , रुकुम चौरजहारी नगरपालिका प्रमुख पुस्प बादि ,राष्टिय वादी सन्जालका अध्यक्ष केशव नेपाली ,इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत , दलित गैरसरकारी सस्था महासघ केन्द्रीय सदस्य बुद्ध सुनार, गैरसरकारी सस्था महासघ बाके अध्यक्ष नमस्कार शाह लगायतको सहभागिता रहेको थियो ।


