Uncategorized
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा नगरपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझायो
साउन ३, नेपालगन्ज ।बाँकेको कोहलपुर नगरपालिकालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।कोहलपुर नगरपालिकाको कार्यवहाक नगर प्रमुख संगिता सुवेदीलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको पूर्व अध्यक्ष सरिता शाही र कोहलपुर अध्यक्ष सुमित्रा शाहीले संयुक्त रुपमा ७ बुँदे ज्ञापन पत्र बुझाएकी थिइन् ।ज्ञापन पत्र बुझ्दै कार्यवहाक नगर प्रमुख सुवेदीले महिला संगठनले उठाएका ७ बुँदाहरू सबै जायज छन्, सो विषयमा नगरपालिकाले चिन्ता र चासो लिइरहेको बताएइन्, ।


