समाचार

यस आर्थिक बर्षमा बढी राजस्ब संकलन

साउन ४, बर्दिया । बर्दियाले गत बर्ष भन्दा यस आर्थिक बर्षमा बढी राजस्ब संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियका अनुसार गत आर्थिक बर्ष २०७८÷७९मा कुल १ करोड ३ लाख ३१ हजार राजस्ब संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷७८ मा १ करोड १ लाख ५९ हजार ५ सय मात्र राजश्व संकलन गरेको थियो ।दुइ बर्षको आकडालाइ हेर्दा आ.ब.०७७÷७८ र आ.ब.७८÷७९ अषाढ सम्ममा सवारी दुर्घटनाबाट बर्दिया जिल्लामा मात्र १ सय ९६ सवारी दुर्घटनामा २ सय ३१ जना गम्भिर घाइते भएका छन भने ९० जना सामान्य घाइते हुनुका साथै ८३ जनाको मृत्यु भएको रेकर्डले रहेको छ ।दुर्घटनामा यति धेरै संख्यामा मृत्यु हुनु अस्वाभिक स्थिति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख इश्वर देवकोटाले बताए ।