Uncategorized

कोहलपुर नगरपालिका वडा न ८ मा बिभिन्न प्रजातीका फलफुलका बिरुवा बृक्षारोपण 

साउन ६, नेपालगन्ज ।

कोहलपुर नगरपालिका वडा न ८ मा शुक्रबार बृक्षारोपण गरिएको छ । हरित वडा कार्यालय बनाउने उद्येश्यले कार्यालय परिसरमा बृक्षारोपण गरिएको वडा न ८ का वडा अध्यक्ष लाल बहादुर रानाले जानकारी दिनुभयो ।कोहलपुर सव डिभिजन वन कार्यालय र कृषि फर्मको सहयोगमा करिब डेढ सय फलफुलका बिरुवा लगाइएको रानाले बताए । कार्यालय परिसमा आप , लिचि , अमला , धुपि सल्ला , रिठा , निम , कागती, लगायत बिभिन्न प्रजातीका फलफुलका बिरुवाहरु बृक्षारोपण गरिएको छ ।