Uncategorized
बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित
साउन ७, नेपालगन्ज ।
बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ ।नेपालगन्ज भेरी अस्पतालका पूर्व मेसु डा. प्रकाश थापा, एनस्थेसियोलोजिष्ट डा .पारस पाण्डे र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई बाँके युनेस्को क्लबले सम्मान गरेको हो ।बाँके र बर्दिया जिल्लामा कोभिड–१९ को बिश्वब्यापी महामारी अबस्थामा रोग रोकथाम तथा ब्यबस्थापनमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै तीनै जनालाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सम्मान गर्नु भएको हो ।शनिबार बाँके युनेस्को क्लवको ३३ औं बार्षिक साधारणसभा तथा १० औै अधिवेशनमा उहाँहरुलाई सम्मान गरिएको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिनुभयो । कोभिड रोकथाम र नियन्त्रणका लागि क्लवले समेत विभिन्न कार्यक्रम संचालन गरेको थियो ।


