यात्रु बोक्ने बसमा १४ खसी ल्याउदा ट्राफिक पोष्ट धनौलीले नगरेको कार्वाही
साउन ९, नेपालगन्ज ।ट्राफिक पोष्ट धनौलीले नगरेको कार्वाही जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हिमालय शाहको महातहतमा रहेको ट्राफिक प्रहरी पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं पु¥याउन लागिएको बाख्रा छोडे पनि जिल्ला प्रहरी कार्यालय बाँकेले कार्वाही गरेको छ ।

आईतबार राती बर्दियाबाट काठमाडौं लैजादै गरेको भे १ ख ८८१८ नम्बरको बसमा लोड गरिएको १४ वटा खसी बाख्रा खजुरामा रहेको ट्राफिक प्रहरी पोष्टले छोडेको थियो ।
उक्त बसलाई धम्बोझी चोकमा चेकजाँच गर्दा जिल्ला प्रहरीले पक्राउ गरेर नियम पुर्ब कागजात चेक गरि पिकमा गाडीमा लैजान लगाएको थियो ।सार्वजनिक सवारीसाधनमा त्यसरी पशुपन्छी लैजान नपाइने नियम भए पनि खजुरा स्थित ट्राफिक प्रहरी पोष्टले चेकजाँचको क्रममा उक्त खसी बाख्रा छोडेको थियो ।


