बास नेपालद्वारा क्यान्सर पिडितलाई सहयोग
साउन ९, नेपालगन्ज । बास नेपालद्वारा क्यान्सर पीडित खजुरा रजनहा स्थित रोशनी चमारलाई आर्थिक सहयोग गरिएको छ ।बिगत एक बर्ष देखि अशक्त भई उपचारको लागि लखनउ मेडिकल कलेजमा उपचार गराईरहेकी रोशनीलाई बास नेपालले उपचार सहयोगार्थ रु. १० हजार सहयोग गरेको हो ।पीडित रोशनी कि आमा सुनिता देबि चमारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरणमा बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा,निबर्तमान अध्यक्ष रमेश सिटौला,पुर्ब अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।सहयोग ग्रहण हरिसके पश्चात आठ महिना अगाडि मात्र क्यान्सर भएको थाहा भएको पीडित रोशनी कि आमा सुनिता देबि चमारले बताईन् ।उनका अनुसार, छोरीको उपचारको लागि ३० लाख भारु खर्च लाग्ने भएको छ । उनले सहयोगको लागि सबैसँग अपिल गरेकि छन् ।


