Uncategorized

गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.द्धारा १३ औं वार्षिकोत्सवको अवसरमा वडा नम्बर ३ मा वृक्षारोपण कार्यक्रम

सलामत अलि शेष

साउन १४, नेपालगन्ज । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं वार्षिकोत्सवको अवसरमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ बाँकेमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ वडा कार्यालय परिसरमा बिभिन्न किसिमका १३ वटा बिरुवा विरूवाहरू रोपी वार्षिकोत्सब मानाएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का वडाअध्यक्ष मो. आयुव सिद्दिकी, विशिष्ट अतिथि बचत तथा ऋण जिल्ला सहकारी संघका सचिव नेफ्स्कुन फिल्ड व्यवस्थापन उप–समिति सदस्य र यस संस्थाका वरिष्ठ सल्लाहकार प्रेम बहादुर शाह रहेका थिए ।वडा नं. ३ का वडा अध्यक्ष मो. अयुब सिद्धिकीले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै वडा कार्यालयले वृक्षारोपणलाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गरेका छन् । वडा अध्यक्ष सिद्धिकीले वडाको सौन्दर्यकरण र हरियाली प्रवद्र्धनको लागि वृक्षरोपण अनिवार्य भएको बताउँदै पछिल्लो समय बढ्दै गएको वातावरण प्रदुषणबाट जोगिन रुख बिरुवा रोप्ने र संरक्षण गर्ने कार्य अपरिहार्य भइसकेको बताएका छन् ।  वडाको सौन्दर्यकरणलाई बढवा दिँदै हरियाली प्रवद्र्धन गर्न वडामा वृक्षरोपण गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने उद्देश्य अनुरुप वृक्षारोपण प्रारम्भ गरिएको वडा अध्यक्ष मो. अयुब सिद्धिकीले बताएका छन् ।वृक्षरोपण कार्यक्रममा यस सहकारी संस्थाका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षयतामा संस्थाका सम्पूर्ण सञ्चालक समिति, उप समिति र कर्मचारीहरू , जनप्रतिनिधि, र स्थानीयहरुको सहभागिता रहेको सहकारीका प्रबन्धक टिकाराम चौधरीले जानकारी दिनुभयो ।