Uncategorized

लोक कल्याणकारी बिज्ञापन सम्बन्धी छलफल

साउन २३, नेपालगन्ज । जिल्ला हुलाक कार्यालय बांकेको आयोजनामा साउन २३ गते बांके जिल्लामा प्रेश काउन्सीलको बर्गिकरणमा परेका १४ वटा दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रतिनिधीहरुसंग एक छलफल बैठकको आयोजना गरियो । उक्त बैठकमा सहभागीलाई लोक कल्याणकारी बिज्ञापनको बर्गिकरण, बिज्ञापन प्रकाशन गर्ने तरिका तथा भुक्तानीको लागि विल भरपाई तथाप्रतिवेदन पेश गर्ने तरिकाका सम्बन्धमाहुलाकअधिकृत गोबिन्दप्रसाद पाण्डेले सहभागीहरुलाई जानकारी दिनु भयो ।
यस आर्थिक वर्षमा नेपाल सरकाबाट प्रदान गरिने जनहितका लोक कल्याणकारी बिज्ञापन प्रकाशन गर्न पाउने वर्गिकरणमा दैनिक नेपालगंज, कालपृष्ठ दैनिक प्रदेश क वर्गम,ा सदभाव दैनिक र हाम्रो समाचार दैनिक स्थानीय क वर्गमा, मिसन टुडे दैनिक प्रदेश ख वर्गमा, प्रभात घोषणा दैनिक, लोकप्रीय सन्देश दैनिक, न्यूज यथार्त साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको सामना साप्ताहिक, समाज जागरण साप्ताहिक, महिला संचार साप्ताहिक, जनमतअर्ध साप्ताहिक स्थानीय ख वर्गमा तथा असल शासन पोष्ट साप्ताहिक स्थानीय ग वर्गमा छनोट भएका छन् ।