Uncategorized

नागरिकता विधयेक प्रमाणीकरणबारे राष्टपति कार्यालयसंग सूचना माग

साउन २९, नेपालगन्ज । 
नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबा राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो ।
नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त विधयेक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।
नेपालको संविधान धारा २७ अन्र्तगत सबैले थाहा पाउने अधिकार अन्र्तगत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको हो ।