Uncategorized
६४ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर सहित मानिस पक्राउ
नेपालगन्ज ४ भदौ .
६४ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर सहित मानिस पक्राउ गरिएको छ ।नेपालगंजबाट काठमाण्डौ जाने विमान द्वारा काठमाण्डौँ जान लागेका एक पुरुषले ठुलो मात्रामा ब्राउनसुगर ९खैरो हिरोईन० लैजान लागेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंज देखी काठमाण्डौँ जाने यति एयरलाईन्सको विमान द्वारा काठमाण्डौँ जान लागेका जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ वस्ने वर्ष २५ को रोहन शाहलाई नेपालगंज विमानस्थलको यात्रु आराम कक्षमा शंकास्पद रुपमा फेला पारी निजको तलासी लिदा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको थियो ।२ पोका ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा ६४ ग्राम ७५० मिलीग्राम फेला पारी निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।


