धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तराष्ट्रिय मापदण्डको हुने
नेपालगञ्ज १३ भदौ ।
धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसिय सन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालय देखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगन्ज म्याराथन मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ ।’ मेयर बिष्टले भने –‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’
म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुल स्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीप जंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।
‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु प्निआउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षालिएको छु ।’ मेयर बिष्टले भने–‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’नेपालगन्ज म्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिवार आयोजना हुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थिए । आम निर्वाचनको मिति घोषणा सँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिवार आयोजन ागर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपामा ओवादी बीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । यस पटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आममानिसको चासोको बिषयहो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’
सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।


