Uncategorized
जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित
नेपालगञ्ज २० भदौ ।
नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, सिंहदरवार, काठमाण्डौको च।नं।४७ मिति २०७९।०५।१९ गतेको पत्रादेशानुसार सोमबार मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडितरप्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस(२०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरिएको कार्यक्रममा नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननिय मन्त्री उमा रेग्मीज्यूबाट सम्मान पत्र ग्रहण गर्नु हुँदै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी ।


