Uncategorized

खेलकुद मन्त्री अथकद्धारा छैठौं साफ महिला च्याम्पियनसिपको उद्घाटन

भाद्र २१, काठमाण्डौं

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नुभएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जसअन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ ।
नेपालकालागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गर्नुभएको छ । सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गर्नुभएको थियो । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।