Uncategorized

बरिष्ठ समाजसेवी मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने

नेपालगञ्ज २२ भदौ ।

सुप्रसिद्ध समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुनमिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिनु भएकी सिद्दिकीबाट आम नागरिकहरु प्रभावित थिए ।२०४८ साल देखि अनवरतसमाज सेवा र राजनीतिमा जीवन व्यतित गर्नुभएकीमोहम्मदि सिद्धिकीको बिश्वव्यापी रुपमा फैलिएको कोभिडको दोश्रो महामारीमा कोभिडको संक्रमणबाट अल्पआयुमैं निधन भएको थियो ।
महासंघले सिद्धिकीको सम्मानमा उक्त पुरस्कार स्थापना गर्ने र पुरस्कार व्यवस्थापनका लागि सिद्धिकीकी बहिनी तथा गैसस महासंघ नेपाल बाँकेकी कार्य समिति सदस्य मैमुना सिद्धिकीको संयोजकत्वमा ५ सदस्सिय समिति गठन गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पुरस्कारका लागि बिभिन्न संघ, संस्थाहरुबाट सहयोग संकलन गर्ने निर्णय गरेको छ । अक्षय कोष स्थापना गरि अक्षय कोषबाट आएको व्याजबाट हरेक बर्षको असोज ६ गते मनाईने सामाजिक सेवा दिवसमा सामाजिक सेवामा उत्कृष्ठ कार्य गर्ने बाँके स्थित एक सामाजिक संस्था वा समाजसेवीलाई नगद सहित सम्मान प्रदान गर्ने योजना महासंघले बनाएको छ । महासंघका अनुसार, यसै बर्ष देखि पुरस्कार प्रदान गर्न शुरु गरिनेछ ।
सिद्धिकीका श्रीमान समाजसेवि तथा राजनैतिक व्यक्तित्व मोहम्मद सुलेमान सिद्दिकीको २०४७ साल फाल्गुण १९ गते निधन भएपछि उनकै प्रेरणाले उत्तराधिकारीको रुपममा मोहम्मदिले समाजसेवा र राजनीतिमा होमिएकि थिईन् । ।
राजनीति र समाजसेवालाई सँग, सँगै तर एक, अर्कालाई नजोडेर गर्दै अघि बढेकिउनले २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साविक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट चार जना पुरुष उमेदवारलाई पराजित गर्दै विजयी भएकि थिईन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार बनेकि उनी२०६४ सालको संविधान सभामा संविधान सभाको सदस्यबनेकि थिईन् ।
बिभिन्न संघ, संस्थामा आवद्ध सिद्धिकी गैर सरकारी संस्था नेपाल महासंघ बाँकेको सल्लाहकार समेत रहेकि थिईन् । सिद्धिकीको सम्झना र सम्मानमा महासंघले यस अघि स्मारिका प्रकाशन गरिसकेको छ ।