Uncategorized

जानकीका कर्मचारीद्धारा प्रमुख प्रशासकीय अधिकृत रानाको बिदाई

भाद्र २६, नेपालगन्ज ।

 

 

जानकी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृतको रुपमा २०७७ असोज २० गतेदेखि कार्यरत रहेका वस बहादुर रानालाई कर्मचारीले बिदाई तथा सम्मान गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत राना गेरुवा गाउँपालिका बर्दिया सरुवा भएकाले जानकी गाउँपालिकामा रहेका विभिन्न शाखा प्रमुख र कर्मचारी साथीहरुको उपस्थितीमा बिदाई गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत रानाले जानकी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास र भौतिक पूर्वाधार निर्माणमा अहोरात्र खटी प्रत्यक्ष विकास निर्माण कार्यमा योगदान पु¥याउँदै आएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ भदौ २० गतेको निर्णण अनुसार गेरुवा गाउँपालिका बर्दियामा सरुवा भएको कामकाज गर्न खटाइएकोले प्रमुख प्रशासकीय अधिकृत रानाको कार्यकालमा जानकी गाउँपालिका बाँकेमा कार्यरत रहँदा साईगाउँदेखि गनापुर सम्मको विभिन्न साना ठुला कच्ची बाटोहरुको ग्राबेल, पीसीसी र कालोपत्रे, लगाएत मठ मन्दिर र मस्जिद समेतको मर्मतको काम सम्पन्न गरिएको थियो ।

जानकी गाउँपालिकाको प्रशासकीय भवन निर्माण, १५ शैयाको अस्पताल, बर्थिङ्ग तथा स्वास्थ्य चौकी निर्माण, वार्ड नम्बर ५ र ६ को वडा कार्यालय तथा विद्यालय भवन समेत निर्माण गरिएको थियो ।त्यस्तै जानकी गाउँपालिका भित्र बालविवाह न्यूनीकरणको लागि सचेतना मुलक कार्यक्रम र विभिन्न बालसन्जाल तथा गैरसरकारी संघ सस्थासँग सहकार्य गरी बाँके जिल्लाकै अग्रणी गाउँपालिका स्तरीय बालविवाह मुक्त घोषणा गर्न सफल भएका कुशल प्रशासकीय भूमिका निर्वाह गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय, बाँके जिल्ला क्यान अध्यक्ष, जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्का, योजना शाखा प्रमुख श्री शोभा पौडेल र पशु सेवा शाखा प्रमुख दिल बहादुर खड्का समेतले आ–आप्mनो मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए ।