भेरी सहकारी वित्तीय संस्था लिमिटेडले २७ औं साधारण सभा सम्पन्न

बाँके, २ पुष ।
भेरी सहकारी वित्तीय संस्था लिमिटेडले २७ औं साधारण सभा सम्पन्न भएको छ । नेपालगञ्जको सुनाखरी रेस्टुरेन्टमा शनिबार आयोजना गरिएको साधारण सभा करीब ५ सय सदस्य तथा कर्मचारीहरु बीच सम्पन्न भएको हो । नेपालगञ्ज उप–महानगरपालिका, खाजुरा गाउँ पालिका, जानकी गाउँपालिका र डुडुंवा गाउँपालिकाको संयुक्त रूपमा साधारणसभा मनाइको हो । सो कार्यक्रममाका सभाअध्यक्ष पदम बहादुर भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्यहरुलाई धन्यवाद दिए । प्रतिवेदनमा उनले आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले प्रगति गरेको बताए ।उनले शेयर पुँजी २५ हजार ६१ बाट घटेर २६ हजार ८ सय ९४ पुगेको, निपेक्ष २ लाख ६० हजार ५ सय १६ बाट २ लाख १७ हजार ६ सय २४ पुगेको, कर्जा २ लाख ८९ हजार ९ सय ९४ बाट बढेर ३ लाख १० हजार ९ सय ५४ पुगेको छ , आमदानी ५७ हजार ७ सय ८९ बाट घटेर ५६ हजार ८ सय ५८ पुगेको छ , खर्च ४३ हजार १ सय ८७ बाट घटेर ३६ हजार १ सय ५० पुगेको छ , नाफा १४ हजार ६ सय २ बाट २० हजार ७ सय ८ र लाभांश १सय २२ बाट १ सय ६३ पुगेको छ ।

तसर्थ शेयर पुँजी ७.३१%, कर्जा ७.२३% , नाफा ४१.८१% र शेयर लाभांश ३३.६१% ले बढेको छ भने निपेक्ष १६.४६% , आम्दानी १६.११% र खर्च १६.२९% ले घटेको छ । अध्यक्ष पदमले शेयर कर्जा, नाफा र लाभांशमा वृद्धि भएको बताउँदै सदस्यहरुलाई लगानी गर्नमा जोड दिए । त्यस्तै संस्थाले वितरण गरेकी कर्जामा असल कर्जा अन्तर्गत २८ करोड १७ लाख ४७ हजार ७ सय ५ रुपैयाँ छ जसमध्ये २८ लाख १७ हजार ४ सय ७७ रुपैयाँ जोखिमम रहेको छ । कमसल कर्जा अन्तर्गत १ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ छ, जसमध्ये ६६ लाख ३४ हजार ७ सय ३२ रुपैयाँ जोखिममा छ । त्यस्तै खराब कर्जा १ करोड २ लाख ४९ हजार ६ सय १६ रुपैयाँ छ जसमध्ये १ करोड २ लाख ४९ हजार ६ सय १६ रुपैयाँ जोखिममा छ । संस्थाले चालु आर्थिक वर्ष ०७८÷७९ मा लिएको १९ लक्ष्य मध्ये १३ लक्ष्य प्राप्त गरेको छ । यश संगै संस्थाले कुल सम्पत्ति ८३ करोड २३ लाख ६६ हजार ३ सय ८३ रुपैयाँ गरेको छ । जसमध्ये शेयर पुँजी तर्फ २६ करोड ८९ लाख ९३ हजार ९ सय रुपैयाँ , नाफा २० करोड ७ लाख ७ हजार ४ सय ५९ रुपैयाँ छ । संस्थाको १ हजार ५ सय ३२ महिला र २ हजार ३ सय ८ जना गरि जम्मा ३ हजार ८ सय ४९ सदस्य पुगेका छन् । शनिबार सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मोहन श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथि संस्थाका पुर्वाध्यक्षलाई नै राखिएको थियो । संस्थाको व्यवस्थापक, शोभा गुरुङ , लेखा अधिकृत तेजविक्रम गिरि , सहायक नरेश प्रताप सिंह कार्यालय सहयोगि राधिका देवी महरा लगायतको उपस्थिती रहेको थियो ।


