श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरमा अभिभावक भेला सम्पन्न



८ माघ बाँके ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरमा अभिभावक भेला सम्पन्न गरिएको छ । शिक्षक अभिभावक संघका सम्भुनाथको सभापतिमा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभिभावक भेलामा कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त बिष्ट बोल्दै अब आउने शैक्षिक सत्र कक्षा ८ बाट पास हुने विधार्थीहरु राँझा र फटहा जानुनपर्ने बताए । तत्काल अहिले बैन्च टेबुल अथवा अरुकुनै पनि आवश्यक छ भने आउने नगरसभाबाट बजेट विनियोजन गर्ने जिकिर गरे । भेलामा बिद्यालयको लागि कक्षा ९ र १० सम्मको भवन बनाउने नेपालगन्ज उपमहानगरपालिकका मयरलाई प्र.अ. शंकर चन्दले फाइल हस्ततरण गरेका छन् । बिशिष्ट अतिथि उप–मयर कमरुद्दिन राई, वडा नं. १९ का वडाअध्यक्ष परसराम बर्मा अतिथि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा सदस्य मन्सुर खाँ, वडा सदस्य अमृता सिंह, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बल बहादुर वली, वडा सदस्य राम सुहावन कुर्मि, बलराम पुन, ओविराम सुनार, पल बहादुर पुन, कल बहादुर वली, मीन प्रसाद पुन, बाबादीन कलवार शिक्षक, शिक्षिक, अभिभावक लगाएतको सहभागिता रहको विद्यालयका प्रधानध्यापक शंकर चन्दले जानकारी दिनुभयो भने कार्यक्रम यस विद्यालयका शिक्षक पीताम्बर चपाईले सञ्चालन गरेका थिए ।


