महोत्सवमा माघ १४ गते देखि कुस्ती प्रतियोगिता, आज कलाकार आउने चन्द्र शर्मा र गायिका बिन्दु परियार
११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ ।
चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता हुनलागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।
उनका अनुसार आज भने राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन । दर्शको मनोरञ्जनका लागि आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने कार्यक्रम तय भएको छ ।
महोत्सवमा प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन महोत्सबमा २ सय स्टल रहेका छन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहेको छ ।
यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहेका छन । महोत्सवमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।


