Uncategorized

गायिका रचना रिमालले नेपालगञ्जमा पहिलो पटक आफ्नो प्रस्तुति

 

 

१५ माघ, बाँके ।

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा  आइतबार चर्चित ख्याती प्राप्त गायिका रचना रिमालले नेपालगञ्जमा पहिलो पटक आफ्नो प्रस्तुति राखेकी छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन गायिका रिमाल संगै भोजपुरी गायक राजा भोजपुरिया र गायक शुकदेव अधिकारीले आज दमदार प्रस्तुति राखेका थिए ।

नेपालगञ्जमा गायिका रिमालले आफ्ना पहिलो प्रस्तुति राख्दा उनको निकै ठूलो फ्यानहरुले उनलाई साथ दिएका थिए । गायिका रिमालको सुरिलो गीतको क्रेज नेपालगञ्जमा पनि बढी रहेका दर्शकको प्रतिक्रियाले जनाउँछ ।

महोत्सवको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलका अनुसार सोमबार गायक विजय पुन, र्‍यापर माईला, टिकटक कोमल डान्सरले दर्शक माझ प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।

यस्तै, सोमबार सोनी डान्स ग्रुपको समेत प्रस्तुति रह्नेछ । महोत्सवमा माघ १८ गते सम्म कुस्ती प्रतियोगिता समेत चल्नेछ ।

दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धनका लागि हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ ।