Uncategorized

अन्सारीको अभियानमा डिआईजी राईको ऐक्यबद्धता

बाँके २९ माघ ।

बालअधिकार साहिल अन्सारीले हरेक युवाको हातमा सबिधानको किताब अभियानमा सुरु गर्न लागेको अभियानमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी टेक प्रसाद राईले ऐक्यबद्धता जनाउनु भएको छ । साथै डिआईजी राईले सो अभियानको प्रशंसा समेत गर्नुभयो र यसमा लुम्बिनी प्रदेश प्रहरीको तर्फ बाट आवस्यकता परेको खण्डमा सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो । डिआईजी राइले भन्नुभयो: कानुन सबैले थाहा पाउनुपर्छ हामिले हाम्रो देशको सबिधान कानुन तथा मौलिक हक बारे सबै जानकार बन्न एकदमै आवस्यक रहेको समेत जोड दिनुभयो । सामाजिक अभियान्ता समेत रहेका बालअधिकारकर्मी साहील अन्सारीले अभियानमा ऐक्यबद्धता पाएको प्रति खुशी हुदै धन्यवाद समेत दिनुभयो र वहाँले भन्नु भयो यसमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको साथ् पाउँदा यो अभियान लाई सार्थक बनाउन सजिलो रहेको बताउनुभयो । नागरिकको मानवअधिकार रक्षा गर्न प्रहरी निकायको एकादमै भूमिका रहेको बताए  ।