लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर ०५ गते देखि सुरु

नेपालगन्ज ०४ माघ ।
बिकास प्रसाद पाठक
लुम्बिनी प्रादेशिक महोत्सव २०७९ फागुन ५ गते देखि संचालन हुने भएको छ। कोहलपुर उधोग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको काम सबै काम सकिएको बिहीबार पत्रकार सम्मेलन मार्फत कोहलपुर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले बताउनु भएको छ। कृषि पर्यटन , शिक्षा र उधोगको आवश्यकता ब्याबसायिक प्रबर्द्धन सङ्गै सामाजिक एकता भन्ने मुल नारा साथ संचालन हुन लागेको महोत्सवको उद्द्घाटन कार्यक्रमको प्रमुख अथिती लुम्बिनी प्रदेश बाताबरण तथा बनमन्त्री दुर्गा प्रसाद चौधरी रहने पौडेलले बताए । कोहलपुर महोत्सव बाट कोहलपुर क्षेत्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ब्यापार , ब्यबसाय ,उधोगधन्दा तथा उत्पादनको प्रबर्द्धन गर्नुका साथै स्थानीय कृषि , जडिबुटी , हस्तकला , पर्यटन लगायत अन्य पेशासंग संबंधित विभिन्न पक्षको समुन्नति गरि स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन ,साथै विभिन्न राजनितिक दल , सरकारी निकाय ,संघसस्था , बित्तीय सस्था , शैक्षिक सस्था , धार्मिक स्थलहरु, जातिय समाजहरु , र नागरिक समाज लगायत समग्र सबै पक्षको आपसी सद्भभाब , एब समन्वय तथा माया पाउन उद्देश रहेको अध्यक्ष पौडेलले बताउनु भयो। महोत्सव बाट करिब ५ करोड बराबरको आर्थिक कारोबार हुन सक्ने र करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान रहेको र महोत्सवबाट आम्दानी भइ बचत आउने रकमबाट संघको निर्माणधिन बहुआयामिक भवनलाई भौतिक संरचनात्मक रूपमा सबल बनाउने उद्देश राखिएको , अहिलेसम्म महोत्सव परिसरमा २५० स्टल बुकिङ गरिसकेको नेपालमा हुने महोत्सवभन्दा पृथक बनाउन महोत्सवमा नयाँ उधोग खोल्न चाहने विभिन्न कलेजमा अध्यनरत बिबिएस , बिबिएका विद्यार्थी संग स्थानीय राजस्व कार्यलय , सिए बैंकर्स प्रतिनिधिहरुसंग प्रतिष्ठित उधोगपतिहरु संग अन्तरक्रीया कार्यक्रम हरेक आयोजना गर्ने तथा बिधालयहरुको सिफारिसमा बिधालय पोशाकमा शिक्षक प्रतिनिधिसहित हरेक दिन बिहान १० देखि १२ बजेसम्म स्टलको अवलोकन भ्रमणको ब्यबस्था मिलाएको बताउनु भएको छ । फागुन ५ गतेदेखी सुरु हुने कोहलपुर महोत्सव फागुन १३ गतेसम्म चल्ने छ ।


