Uncategorized
अस्मिता अधिकारी सहित हास्यव्यंग्य कलाकारहरुले प्रस्तुती
नेपालगन्ज ११ फागुन ।
बाँकेको कोहलपुर नगरपालिकामा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा नेपाल आइडलबाट उदाएकी अस्मिता अधिकारी सहित हास्यव्यंग्य कलाकारहरुले प्रस्तुती दिएका छन् । महोत्सवको सातो दिन चर्चित गायिका अधिकारीले कोहलपुर महोत्सवमा आएका दर्शक आकर्षण गरेकी थिइन् । अधिकारीले को होला त्यो, तिम्रो घरको वरीपरी, लजावती फूलजस्तै लजाउँछौँ लगायतका गीत सुनाएकी थिइन् । यस्तै कोहलपुर महोत्सवमा सातौ दिन सुरेन्द्र के.सी. (मुला साग),जोगिन्दरपान वाला र गायक डिजराज पौडलले आफ्नो प्रस्तुती दिएका दिए । महोत्सवको सातौ दिन ६ हजार टिकट बिक्रि भएको थियो भने कूल ४० लाख कारोबार भएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।


