Uncategorized

आई एन एफ द्वारा हिंसाबाट प्रभावित ९ जनालाई आयआर्जनमा सहयोग

नेपालगन्ज २० असार ।

बाँकेको जानकी गाउँपालिकामा आई एन एफ अन्तर्राष्ट्रियले संचालन गरेको ‘मानव बेचविखन तथा हिंसा अन्त्यका लागि हाम्रो प्रयास’ परियोजनाको माध्यमबाट मानव बेचविखन तथा हिंसाबाट प्रभावित ९ जनालाई आयआर्जनको पाटोमा जोडिएको छ । बुधबार आई एम एफले आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकमा परियोजनाको माध्यमबाट १ वर्षमा जानकीमा हिंसाबाट प्रभावित उनीहरुलाई आयेआर्जनमा सहयोग गरिएको जनाइएको हो ।
आई एन एफले जानकीको वडा नम्बर १, ४ र ६ मा २०७८ माघ महिनादेखि ४ वर्षको लागि उक्त परियोजना संचालन गरिरहेको छ । सोही अन्तर्गत आई एन एफले बुधबार जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी , वडा अध्यक्षहरु मो रजा राई,रमेश कुमार वर्मा ,जगदिश प्रसाद हरिजन ,कार्यपालिका सदस्य राम आचल धोवी,वडा सदस्य हवी पठान, परामर्षदाता शोहराव अली दर्जी,शाखा प्रमुखहरु लगायतको उपस्थितिमा वर्षभरि गरेको कार्यप्रगति प्रस्तुत गरेको आई एन एफका परियोजना संयोजक अभिशेक बि कले जानकारी दिए ।
आई एन एफले जानकीमा यस आर्थिक वर्षमा ३० पटक नियमित बैठक बसेर मानव बेचविखन, श्रम शोषण, सुरक्षित बसाइँसराइ, लैंगिक हिंसासम्बन्धी जनचेतना फैलाउने काम गरेको विकले बताए । यसका अलवा समूहमा रहेका पुरुषहरुलाई मानव बेचविखन र श्रम शोषणसम्बन्धी अभिमुखीकरण, समूहका सदस्यहरुलाई व्यवसायिक तालिम प्रदान, हिंसाबाट प्रभावित व्यक्तिलाई उपचार, विद्यालयहरुमा, धार्मिक गुरुहरु, युवा क्लकलगायतलाई अभिमुखीकरण दिने जस्ता कामहरु भएको उनले बताए ।
यस्तै वडास्तरमा रहेका मानव बेचविखन विरुद्ध काम गर्ने समितिलाई आवश्यक पूर्वाधार प्रदान, सिकाइ आदान प्रदान कार्यशाला जस्ता कामहरु यो वर्ष सम्पन्न गरिएको अभिशेक विकले बताए ।
कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले मानव बेचविखन तथा हिंसा न्यूनिकरण गर्न आई एन एफले जानकीमा संचालन गरेको कार्यक्रम प्रभावकारी रहेको बताए । आई एन एफले पालिकाका सबै वडाहरुमा यो कार्यक्रम संचालन गर्नु पर्ने उनको भनाइ थियो ।