Business, Entrepreneurs
निजामति कर्मचारी युनियन जानकीको अध्यक्षमा यादव
जानकी ०५ माघ ।बाँकेको जानकी गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियन गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजु यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
पालिका स्तरीय समितिको खुला उपाध्यक्ष महिमा केसी, उपाध्यक्ष समावेशीमा प्रजेश आले, सचिव विवेश श्रेष्ठ, सहसचिव सावित्रा रेग्मी र कोषाध्यक्षमा निरा हमाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा पार्वती सोमै, गिता शाही, तामलाल वेलबासे, प्रकाशजंग शाही, तेजु गौतम, विध्यारा नाउँ र अवरार अहम्मद शेष रहेका छन् ।
कार्यक्रममा जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, जिल्ला अध्यक्ष उद्धब श्रेष्ठ र निवर्तमान अध्यक्ष तेजु गौतमले आ-आफ्नो धारणा राखेका थिए ।


