Business, Entrepreneurs

नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाद्वारा लागुऔषध दुर्व्यसनी रोकथाम सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

बाँके ०७ माघ । नरैनापुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखा बाँकेको आयोजनामा लागुऔषध दुर्व्यसनी रोकथाम सम्वन्धि जनचेतनामुलक कार्यक्रम साेमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नरैनापुर गाउँपालिका वडा नं ६ को अध्यक्ष तथा सामाजिक विकास समितिको सदस्य  प्रेम चन्द्र मौर्यकाे अध्यक्षतामा भएको कार्यक्रममा लागुऔषधको प्रयोगबाट हुने प्रभाव, कसुर सजायका साथै आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली खानपान शैली लगाएको विषयमा प्रशिक्षण गरिएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरबाट लागुऔषधको प्रयोगबाट हुने शारिरीक र मानसिक असर,कानुनी सजाय र आत्महत्या न्युनिकरण सम्बन्धी कक्षा संचालन भएको हो। जय किसान माध्यमिक विद्यालय भोजपुरमा भएको कार्यक्रममा करिव १०० जना विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको छ।