Business, Entrepreneurs
जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्द्धन कार्यक्रम सम्पन्न
बाँके ०८ माघ । नरैनापुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजना तथा वडा नं.२ को सहयोगमा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्द्धन कार्यक्रम सम्पन्न भएको छ। साे कार्यक्रमको अध्यक्षता लक्ष्मणपुर प्राथमिक स्वास्थ केन्द्रका साहमुद्दिन खान रहेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह , विशिष्ठ अतिथी बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगंजका डा. गिता रेग्मी भएको कार्यक्रममा जम्मा १८८ जनालाई सेवा प्रदान गरिएको छ।जसमा महिला ७२ जना, पुरुष ६५ जना
सुगर परिक्षण ५१ जनालाई सेवा प्रदान गरिएको हो। कार्यक्रम नरैनापुर गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा संचालन गरिएको हो।


