जनता समाजवादी पार्टी, नेपालद्वारा नेपाल वडा स्तर आधारभूत संगठन निर्माण अभियान सम्पन्न
बाँके १२ माघ । जनता समाजवादी पार्टी, नेपाल बाँकेले जनतासंग ज.स.पा, नेपाल वडा स्तर आधारभूत संगठन निर्माण अभियान सम्पन्न गरिएको छ ।
जनता समाजवादी पार्टी ,नेपाल बाँकेले संगठन बिस्तार अभियानलाई तिव्रता दिएकाे छ । जनतासंग जसपा नेपाल संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” भन्ने मुल नाराका साथ नेपाल बाँके ३ वटै निर्वाचन क्षेत्रमा वडा स्तर संगठन बिस्तार अभियानमा हाेमिएकाे छ । बाँकेको निर्वाचन क्षेत्र न. २ का संयाेजक तथा पार्टीका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारीको अध्यक्ष र पार्टीका केन्द्रीय सचिव कमरूदीन राई को प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिका वडा न.८ मा वडा स्तर मुल समित सहित समाजवादी महिला संघ र समाजवादी युवा संघ गठन गरिएकाे छ । संयाेजक केन्द्रीय सदस्य बेबी तबस्सुम जानकारी अनुसार जाकिर अलि राई को अध्यक्षतामा २१ सदस्यीय वडा समित गठन गरिएकाे छ भने , मिरा देवी वैश्यको अध्यक्षतामा ७ सदस्यीय समाजवादी महिला संघ र निरज पाण्डाकाे अध्यक्षतामा ७ सदस्यीय समाजवादी युवा संघ गठन गरिएकाे छ ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य पार्टी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश माननीय अम्बिका काफ्ले , लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर , जिल्ला अध्यक्ष कौशल कुमार धाेबी , पुर्व संस्थापक अध्यक्ष बिषणुलाल कुमहार , प्रदेश सदस्य तथा मधेश आन्दोलनका क्रान्तिकारी नेता दुर्गेश गुप्ता लगायतले शुभकामना मन्त्ब्य राख्नु भएकाे थियाे भने पार्टीका प्रदेश कार्यकारीणी सदस्य स्वामीनाथ शर्मा , प्रदेश सदस्य उतम गुप्ता , जिल्ला सचिव सुर्यलाल यादव , कोषाध्यक्ष रचना प्रधान गुभाजु सह-सचिव श्याम श्रेष्ठ , जिल्ला सदस्य अनिल पौडेल , नगर कार्यवाहक अध्यक्ष अर्बिन्द शर्मा लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रम लुम्बिनी प्रदेशका कार्यकारीणी सदस्य माे.महेमुद ईद्रीसिले संचालन गर्नु भएकाे थियो ।


