Business, Entrepreneurs

जानकी गाउँपालिकाामा प्रमुख प्रशासकीय अधिकृत विकलाई स्वागत

बाँके १४ माघ । जानकी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु मो रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राजकुमार कुर्मी कार्यपालिका सदस्यहरु राम अचल धोवी ,कान्ती कान्दु ,वडा सदस्यहरु र कर्मचारीहरुले विकलाई स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीको सरुवा भएपछि उनको ठाउँमा नर वहादुर विक आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि अहम् भूमिका हुने भएकाले जुनकुनै पार्टीबाट आएका जनप्रतिनिधी भएपनि प्रमुख प्रशासकीय अधिकृत ईन्साफको कक्षमा बसेकोले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकले पानीको तलाउमा पौडी खेल्न गयौँ भने हामीलाई पौडी खेल्न पनि मन लाग्ने र माछाले पनि टोक्छ भनी डराउने र माछासँग पनि झगडा गर्ने गरियो भने त्यस तलाउमा पौडी खेल्न सकिदैन उनले भने।त्यसकारण जनप्रतिनिधी भनेका राजनितिक तलाउका माछा हुन र हामी त्यही तलाउ भएकै ठाउँमा जागीर खान आएको बताउँदै जनप्रतिनिधी र कर्मचारीहरु बिच राम्रो सम्बन्ध भएमा मात्र पालिकालाई माथी उठाउन सकिने उनको भनाइ छ ।
त्यसैगरेर कार्यक्रममा कार्यवाहक समेत सम्हालेकी योजना शाखाकी प्रमुख शोभा पौडेलले प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विकको राय सल्लाह सुझाव अनुशार काम गर्ने बताईन ।
स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत गरेको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा अध्यक्षहरु मो रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राजकुमार कुर्मी कार्यपालिका सदस्यहरु रम आचल धोवी ,कान्ती कान्दु र वड सदस्यहरु ,विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमको राजेन्द्र वाजपेयीले सन्चालन गरेका थिए ।