Business, Entrepreneurs
Home > Business, Entrepreneurs > प्रादेशिक महोत्सवमा एकैपटक १००० जना खेल्न सक्ने बाल उद्यान
प्रादेशिक महोत्सवमा एकैपटक १००० जना खेल्न सक्ने बाल उद्यान
Friday, January 31, 2025
नयाँ प्रदेश
नेपालगन्ज १८ माघ : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जनाले खेल्न सक्ने दर्जन बढी मनोरञ्जनात्मक खेल छन् ।
नारायणी फेयर एण्ड एक्जिविसन नेपाल चितवनले ठेक्कामा लिएको बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्र्थी शाहका अनुसार एकै पटक एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो डुंगा छ ।) । ५० जनाले एक साथ खेल्न मिल्ने अर्को सानो डुंगा पनि छ । १० जनाले खेल्ने सानो नाउ पनि छ ।
एकै पटकमा ४० जनाले खेल्न सक्ने ठूलो झुला (पिङ) त दुई दुुई वटा छन् । एउटा मिनी रेल, दुई वटा मिक्की माउस, ब्रेक डान्स, ३ वटा जम्पिङ, ६-६ जना बच्चाले खेल्न मिल्ने नानो कार र धुम बाइक पनि महोत्सवमा राखिएको छ । २४ जना क्षमताको चेरो प्लेन, २० जना क्षमताको मिनी रेल पनि रमाइलो मेलाको आकर्षण हो । सञ्चालक शाह भन्छन्, ‘यी सबै खेल एकसाथ खेलाउँदा पनि हामीसँग एकैपटकमा एक हजार जनालाई एकसाथ खेलाउन सक्ने क्षमता छ । विदाका दिनमा रमाइलो मेलामा अलि बढी भीँड लाग्ने गरेको छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको बाल उद्यान तथा विविध मनोरञ्जन उप–समितिका संयोजक शिवप्रसाद दाहाल महोत्सवको अर्को आकर्षण बाल उद्यान तथा रमाइलो मेला भएको बताउँछन् । ‘धेरै जनाको रोजाइ नाउडा (ठूलो डुंगा) र अग्लो पिङ हुने गरेको छ । बालबालिकाहरु जम्पिङमा बढी रमाइरहेको देख्छु’, संयोजक दाहाल भन्छन्, ‘कोही स्टलका सामान किन्न आउँछन् । कोही सांगितिक कार्यक्रममा रमाउँछन् । कसैले रमाइलो मेलाबाट मनोरञ्जन लिइरहेका छन् ।’
महोत्सवको प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द महोत्सवमा दिनदिनै दर्शकको आकर्र्षण बढिरहेको बताउँछन् । उनी बाँकेवासीलाई आव्हान गर्छन्, ‘लामो समयको अन्तरालमा नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेकाले सबैलाई एक पटक भए पनि मेलामा अवलोकनका लागि आग्रह गर्दछु ।’ प्रचार संयोजक चन्दका अनुुसार महोत्सवमा झन्डै ३०० वटा स्टल राखिएका छन् ।

प्रकाशित मिति: