Business, Entrepreneurs

प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगन्ज ०२ जेठ । भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशालचोक खेल मैदानमा सुरु भएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ब्याटिङ र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयोकाे थियोे ।

साेउद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री तिमिल्सिनाले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमाआर्थिक उपार्जनमा टेवापुग्ने बताउनुभयो ।उहाँले नेपालगन्जमा क्रिकेट मैदान भएकोले सोका लागि आफुले प्रयास गर्ने पनि सो अवसरमा बताउनुभयो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालगन्जमा एउटा राम्रो क्रिकेट मैदान नहुनु निकै दुखद भएको जनाउँदै पूर्वाधार बिना खेलकुदको विकास नहुने काफ्लेले जानकारी दिनुभयो ।
१६ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुने भेरी रकर्स स्पोट्र्स क्लबको अध्यक्ष माे. साजिद खानले जानकारी दिनुभयो भने कार्यक्रम साहिल अन्सारीले सञ्चालन गर्नुभएकाे थियोे ।