Business, Entrepreneurs

जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई स्वागत

जानकी २१ साउन । बाँकेको जानकी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु राज कुमार कुर्मी ,रमेश कुमार बर्मा कार्यपालिका सदस्यहरु कान्ती कान्दु,राजेन्द्र सिँह र कर्मचारीहरु लगायतले उपाध्यायलाई बुधबार स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक सेवा निवृत्त भै विदाई भए पश्चात उनको ठाउँमा उद्योग बाणिज्य आपुर्ती तथा शँरक्षण बिभाग बबरमहल काठमान्डौबाट सरुवा भै परशुराम उपाध्याय आएका हुन् ।प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतले आफनो १८ महिनाको कार्यकाललाई सफल बनाईदिने कुरामा अहम् भूमिका निभाउने र सबैलाई मिलाएर सबैसँग समन्वय सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँसभाले लिएका निती तथा कार्यक्रमहरु ,वजेटले तय गरेका उद्देश्यहरु र जनप्रतिनिधीहरुले बनाएका आवधिक योजनाहरु साथै लुम्बिीनी प्रदेशले लगेका नितीहरु ,शँघिय सरकारले लिएका नितीहरुलाई स्थानियस्तर सम्म कार्यान्वयन गर्ने आफनो महत्वपुर्ण भुमिका रहने जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत गरेको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा अध्यक्षहरु,राजकुमार कुर्मी ,रमेश कुमार बर्मा कार्यपालिका सदस्यहरु कान्ती कान्दु,राजेन्द्र सिँह विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमको कृषि शाखा प्रमुख मनोज मन्डलले सन्चालन गरेका थिए ।