शुक्रवारिय कार्यक्रम अन्तर्गत अंग्रेजी भाषण प्रतियोगिता सम्पन्न
बाँके ३० साउन । जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलको प्रमुख आतिथ्यता, विद्यालयका सहप्रधानाध्यापक खेमराज खनालको विशेष आतिथ्यतामा कक्षा नर्सरी देखि कक्षा ३ सम्म ‘My self introduction’ कार्यक्रम कक्षा ४ देखि कक्षा ५ सम्म ‘My country’ प्रतियोगिता कक्षा ६ देखि कक्षा ८ सम्म ‘Importance of Education’ प्रतियोगिता र कक्षा ९ देखि कक्षा १० ‘Social media and its impact’ शीर्षकमा शुक्रबार कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको निर्णायकको रुपमा शिक्षक डोलराज भण्डारी, माधव अर्याल, पुरुषोत्तम पाण्डेय र राधिका शर्मा रहनुभएको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई टिका सहित प्रमुख अतिथिद्धारा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक गिता पन्तले गर्नुभएको र कार्यक्रमको सभापति एवम् विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख नरेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


