Business, Entrepreneurs

नेपालगन्जमा प्रहरीले चलायो गोलि

बाँके ३० साउन । लागूऔसध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र शाखा कार्यालय सुर्खेत को संयुक्त अप्रेसन टोलिले बिशेश सूचनाको आधारमा नेपालगन्ज पुरानो बसपार्क पछाडि ५ जनाको समुहलाइ नियन्त्रण गर्न क्रममा गोलि हानेको हो ।

नेपालगञ्जमा प्लाष्टिक सहित १६५ ग्राम खैरो हिरोइनसहित ४ जना पक्राउ लागुऔषध नियन्त्रण कोटेश्वर ब्युरोका प्रमुख एस एसपी कृष्ण प्रसाद कोइरालाको कमाण्डमा रहेका नेपालगञ्जबाट प्रहरी सहायक निरीक्षक नबिन कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले १ सय ६५ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ गरेको छ। घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा भारतीय नागरिक कात्तिक कुमारलाई दायाँ खुट्टामा गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त भिडन्तमा नेतृत्रवमा रहेका ASI नबिन कुमार शाही समेत घाइते भएका छन्। नेपालगञ्जमा कार्यरत भएदेखि लागुऔषध नियन्त्रण क्षेत्रमा सक्रिय शाही पछिल्लो समय यस्ता आपराधिक गतिविधि निर्मूल पार्न विशेष भूमिका खेल्दै आएका छन्। उनको नेतृत्वमा हालसम्म थुप्रै लागुऔषध सम्बन्धी कारबाही सफलतापूर्वक सम्पन्न भएका छन्। पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।