Business, Entrepreneurs

जानकीमा प्रतिक्षा बस्नेतको ग्रुप प्रथम

बाँके ०६ भदौ । जानकी गाउँपालिका बाँकेले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा तीज गीत नृत्य विशेष प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा सम्पन्न तीज गीत नृत्य विशेष प्रतियोगिता कार्यक्रममा जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको उपस्थिति थियो ।
साे कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नृत्य, गायन, कला र संस्कृतिलाई जगेर्ना गर्न तीज गीत नृत्य विशेष प्रतियोगिता आयोजना गरेको बताए । तीज गीत नृत्य विशेष प्रतियोगितामा पहिलो हुने प्रतिक्षा बस्नेतको ग्रुपले १२ हजार नगद पुरस्कार, दोस्रो हुने एकल नृत्यमा सुमित्रा धितालले १० हजार, तेस्रो हुने कन्या आविका प्रिन्सिपल मालती शाहीको ग्रुपले ८ हजार र चौथो हुने शिवपुरी माविका शिक्षिकाहरुको ग्रुपले सान्त्वना पुरस्कार स्वरुप ५ हजार पुरस्कार र प्रमाणपत्र पाएका थिए ।