सञ्चार सामग्री तथा सवारी साधनको उचित क्षतिपूर्तिका लागि जोडदार माग
बाँके २९ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा २०८२ भदौ २४ गते बाँकेमा सञ्चारकर्मी र सञ्चारकर्मीका सञ्चार सामग्री तथा सवारी साधनमाथि भएको आक्रमण, दुव्र्यवहार, आगजनी र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा घोर भत्र्सना गर्दछ । बाँके शाखा घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही तथा आन्दोलनका क्रममा क्षति पु¥याइएका सञ्चार सामग्री तथा सवारी साधनको उचित क्षतिपूर्तिका लागि जोडदार माग गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
बाँकेमा आन्दोलनका दौरान सञ्चार सम्बद्ध देहाय बमोजिमका घटना भएका छन्ः
१.समाचार संकलनका क्रममा सम्वेगन्यूज डटकममा कार्यरत बाँके शाखाका साधारण सदस्य कोहलपुर निवासी निरज सिंहलाई आन्दोलनकारीले हातपात गर्नुका साथै क्यामेरा जलाइदिएका छन् । प्रहरीको ‘रेस्क्यु’ मा कोहलपुर नगरपालिका कार्यालयमा आश्रय लिनुभएका सिंहले त्यहाँ आगजनी गरिएपछि भवनको पछाडिपट्टिको भवनबाट हाम फालेर ज्यान जोगाउनुभयो । तर, क्यामेरा जलेर नष्ट भएको छ ।
२.बर्दिया बढैयाताल गाउँपालिकास्थित घरबाट कार्यालय आउने क्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका कृष्णसार एफएम नेपालगन्जमा कार्यरत शम्भुप्रसाद थारूको मोटरसाइकलमा तोडफोड भएको छ । खजुरा बजारमा भएको तोडफोडबाट मोटरसाइकलको अघिल्लो भागमा क्षति पुगेको छ ।
३.भिडिओ खिच्ने क्रममा सञ्चारकर्मी गिरिश गुप्ताको नेपालगन्ज धम्बोझीमा आन्दोलनकारीको आक्रमणबाट टाउकोमा चोट लागेको छ ।
यस प्रकारका घटनाले प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको ठहर गर्दै महासंघ बाँके शाखा स्वतन्त्रतापूर्वक सञ्चार पेशा गर्ने वातावरण निर्माणको लागि सरकारको ध्यानाकर्षण गराउँदछ ।


