११औं संविधान दिवसको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त नेपालगञ्जमा सम्पन्न
बाँके ०३ असाेज । नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड दिइएको छ । ११औं संविधान दिवसको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा शुक्रबार नेपालगञ्जमा सम्पन्न गरिएको छ । साे कार्यक्रममा ‘बदलिँदो परिस्थितिमा नागरिकको भूमिका’ विषयक कार्यक्रमका सहभागीहरुले जेन्जी पुस्ताको आन्दोलनले राजनीति संग्लिनुपर्ने सन्देश दिएको बताउँदै उनीहरुको मागमा धोका भए मुलुक फेरि दुर्घटनामा जाने चेतावनी समेत दिएका छन् ।
उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले नेपाली जनता आफैले लेखेको संविधान उत्कृष्ट भएपनि केही असन्तुष्टीका कुरालाई संशोधन गर्न सकिने बताए ।
जेन-जी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताए । संविधानमा जेन-जी पुस्तालाई समेटेर मुलुकलाई सही दिशामा अगाडी बढाउनुपर्ने बताए । सहभागीहरुले अहिलेको संविधानको विकल्प नभई निर्वाचनपछि आउने प्रतिनिधिसभाले आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए ।
अहिलेको अर्जुनदृष्टि निर्वाचन बन्नुपर्ने भन्दै संविधान साधन मात्र भएकोले कार्यान्वयनमा इमान्दार भए त्यसले जनभावना प्रतिबिम्बित गर्ने उल्लेख गरे । पटक पटक संविधानको हुर्मत लिने काम स्वयं राजनीतिक दलहरुले गर्दा बितृष्णा बढेको भन्दै उनीहरुले राजनीतिक बेथिति र ब्याप्त भ्रष्टाचार विरुद्ध चर्को आवाज मुखरित भएको टिप्पणी गरे ।
उच्च अदालत बार एशोसियशन नेपालगञ्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपाली जनता आफैंले लेखेको संविधान उत्कृष्ट भए पनि केही असन्तुष्टिका कुरालाई संशोधन गर्न सकिने धारणा व्यक्त गरेका थिए । जेनजी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताउँदै उनीहरुले निर्वाचनपछि संविधानमा जेन्जी पुस्ताको भावनालाई समेटेर मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका थिए ।
कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद ईश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, अधिवक्ताहरु मो. अयुब सिद्दिकी, पदम पाण्डे, विश्वजित तिवारी, सुनिता शर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अधिकारकर्मी प्रकाश उपाध्याय, कमला पन्त, विनोद थापा, चन्द्रकला उप्रेति, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव रमेश सिटौला, पत्रकारहरु शरण कर्माचार्य, विजय मल्ल लगायतले बोलेका थिए ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँलेले गरेका थिए ।


