पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको फाईनल शनिबार
काठमाण्डौं ०३ असोज । पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको फाईनल शनिबार हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने पब्लिक स्पिच नेपालको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था बास नेपालकाकार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिएका छन् ।
बास नेपालको आयोजनामा गत भाद्र २० गते पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल राउण्ड सम्पन्न भएको थियो । सेमिफाईनल राउण्डबाट छानिएका २२ जना प्रतियोगिहरु फाइनल राण्डको प्रतिस्पर्धामा सहभागी हुँदै छन् ।
सेमिफाईनल राण्डबाट छानिएकाआर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोज बहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाहीफाईनल राउण्डमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाल सरकारका पूर्ब सचिव तथा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासंयोजकरहेको निर्णायक समितिमाउत्प्रेरक ब्यक्तित्व डा. तारा बहादुर गिरी (तारा जीं) र सञ्चारकर्मी वविता वस्नेत रहेका छन् ।फाईनलबाट पब्लिक स्पिच नेपालमा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।
युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपालले अघिल्लो वर्षदेखि राष्ट्रब्यापी रुपमा यो प्रतियोगिता गर्दै आएको छ । कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसार हुनेछ ।


